२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत-पाकिस्तान सीमा वरिपरि यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

२५ फाल्गुन २०८१, आईतवार १३:०१

एजेन्सी | अमेरिकाले आफ्ना नागरिकहरूका लागि एडबाइजरी जारी गरेको छ। यसमा अमेरिकी नागरिलाई भारत-पाकिस्तान नियन्त्रण सीमा वारिपरि यात्रा नगर्न आग्रह गरिएको छ।

एडबाइजरीमा पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ। यी क्षेत्रहरूमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेकोले उक्त एडवाइजरी जारी गरिएको जनाइएको छ।

एडवाइजरीमा भनिएको छ, ‘पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणहरू भइरहेका छन्। पूर्व संघीय प्रशासित आदिवासी क्षेत्रहरूमा आक्रमण भइरहेको छ। जसलाई FATA वा संघीय प्रशासित आदिवासी क्षेत्रहरू पनि भनिन्छ। यहाँ धेरै आतंकवादी आक्रमणमा धेरैको ज्यान गएको छ।’

अतिवादीहरूले स्थानीय सैन्य र प्रहरी अड्डाहरूमा पनि आक्रमण गरेको जनाइएको छ।

आतंककारीहरूले यातायात केन्द्र, बजार, शपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, विश्वविद्यालय, पर्यटकीय स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थलमा चेतावनी बिना नै आक्रमण गरिरहेको जनाइएको छ।

विगतमा उनीहरूले अमेरिकी कूटनीतिज्ञ र दूतावासलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो