2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

११८ विवाहित जोडीको सम्बन्धविच्छेद

साउन १४, म्याग्दी । पछिल्ला केही वर्षयता सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । 

पारिवारिक मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आव २०७३/७४ मा ११८ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । जिल्ला अदालतमा गत आवमा १३० को सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा ११८ को फस्र्योट भएको र १२ वटाको चालू आव २०७४÷७५ मा जिम्मेवारी सरेको छ । 

अघिल्लो आव २०७२÷७३ मा ८० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएको स्रेस्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो । सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एकार्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु¥याएको हो । 

सानै उमेरमा विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा छुट्टिने समस्या बढेको छ । अभिभावकले सम्बन्धविच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर परेको छ । बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको कानुन व्यवसायी धु्रवराज शर्माले बताउनुभयो । 

सानो उमेरमै अपरिपक्व अवस्थामा विवाह गर्नेहरु पारिवारिक, आर्थिक र सामाजिक जिम्मेवारी बहन गर्न नसक्ने तथा वैदेशिक रोजगारीका कारण श्रीमान्श्रीमती लामो समय टाढिँदा एकार्कामा अविश्वास सिर्जना हुँदा सम्बन्धविच्छेद बढेको पाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई