३० कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

२९ कार्तिक २०८१, बिहीबार ०९:१६

काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।

प्रत्यक वर्ष झै यो वर्ष पनि ‘म्ष्बदभतभक बलम धभिि–दभष्लन’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व मधुमेह दिवस मनाईँदै छ ।

सन् २०२४ देखि २०२६ सम्म यही नारा अन्तर्गत शारीरिक, सामाजिक र मानसिक स्वास्थ्यको पैरवी गरिने आधिकारिक वेबसाइटमा लेखिएको छ । अर्थात्, भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्त्वलाई यस वर्ष उजागर गरिँदै छ । स्मरण रहोस्, जीवनशैली र वंशाणुगत कारणले बर्सेनि विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन् ।

मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ? पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल एनपिएलको तयारी पूरा गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो लडेर बालिकाको मृत्यु भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ सञ्चारमन्त्री खरेल भन्नुहुन्छ : ‘निर्वाचनको वातावरण बनिसकेको छ’ विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार