२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार

२०८१, २९ कार्तिक बिहीबार १८:१४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलबार र बुधबार दुई दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ ।

मंगलबार वडा नम्बर १ मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षिय बालकलाई उद्धार गरियो । बुधबार वडा नम्बर २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाका राखिएका १० जना बालक र एकजना बालिका सबैको उद्धार गरियो । उद्धारपछि राष्ट्रिय बाल अधिकार परिषदले सबै बालबालिकाको अस्थायी संरक्षणको मिलाएको छ ।

उद्धार भएका बालबालिकाको पारिवारिक लेखाजोखा र मनोविमर्श गरिनेछ । उद्धारमा खटिएका बाल संरक्षण अधिकृत सुनिता शाह भन्छिन्, ‘लेखाजोखा र मनोविमर्शपछि प्राप्त हुने मनोसामाजिक प्रतिवेदनका आधारमा पारिवारिक पुनर्मिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धमध्ये कुनमा लैजाने भन्ने निर्णय हुनेछ ।’

महानगरपालिकाको हटलाइन नम्बरमा बालबालिकाको नाजुक अवस्था रहेको, उनीहरुका नाममा अवैध चन्दा संकलनलगायत काम भइरहेको सूचना प्राप्त भएको थियो । प्राप्त सूचनाका आधारमा २ ठाउँमा एकैपटक अनुगमन गर्नुपर्ने देखियो । महानगरपालिकाका बाल कल्याण अधिकारी शान्ता पहाडी भन्छिन्, ‘बालबालिका राखिएको ठाउँमा उद्धार कार्यदलका संयोजक रसला तण्डुकारको नेतृत्वमा एउटा टोली र गैरकानुनी गतिविधि सञ्चालन गर्ने संस्थाको अनुगमनका लागि कार्यदलका सदस्य धिरज जोशीको नेतृत्वमा अर्को टोली एकै पटक परिचालन भयो । टोलीमा राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास सेवा (१०४) महानगर नगर प्रहरी बल र नेपाल प्रहरीबाट प्रतिनिधि हुनुहुन्थ्यो ।’

‘वडा नं. २ मा दर्ता देखिएको बेसहारा असहाय बाल सुधार संघले वडा नं. ४ मा समेत कार्यालय स्थापना गरेर जब सेन्टर (रोजगार केन्द्र)मार्फत स्वयंसेवक कर्मचारी भर्ना गर्ने, गैरकानुनी रूपमा चन्दा उठाउने गरेको, संकलित रकम अपारदर्शी परिचालन भएको, कार्यालयका कर्मचारीहरूको भूमिका शङ्कास्पद देखिएको भन्ने सूचना थियो ।

त्यसका आधारमा अनुगमन गर्दा, मासिक २२ हजार रुपैयाँ तलब दिने भनेर १४ जना कर्मचारी भर्ना गरिएको पाइयो । उनीहरु प्रत्येकलाई फिल्डमा खटाउने गरिएको, फिल्डबाट दैनिक २ हजार १ सय रुपैयाँ अनिवार्य संकलन गर्नुपर्ने दायित्व दिएको देखियो,’उनले भनिन् ।

यसरी गतिविधि सञ्चालन गर्ने शंकास्पद व्यक्तिलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । यो संस्था आर्थिक वर्ष २०७६÷२०७७ देखि महानगरपालिकामा नविकरण छैन । अनुमति नलिइ गैरकानुनी रूपमा बालगृह सञ्चालन गरेको पाइएपछि राष्ट्रिय बाल अधिकार परिषदले २०७२ सालदेखि अनुगमन गरेर संस्थामा रहेका बालबालिकालाई उद्धार गरेर गृह सञ्चालनममा रोक लगाएको थियो । पछिल्लो समयमा महानगरपालिकामा संस्था नविकरणका लागि कर्मचारी पठाउने गरेका थिए । बालगृह सञ्चालनका लागि मापदण्ड नपुग्ने भएपछि नविकरण भएको छैन ।

महानगरपालिकाले पहिलो चरणमा उद्धार गरिएका बालबालिकाहरुको घटना व्यवस्थापन गरिसकेको छ । दोस्रो चरणको बाल उद्धार कार्यक्रममा महानगरपालिकाको हटलाइन नम्बर ११८० मा प्राप्त भएका सूचनाका आधारमा काम थालेको छ । पहिलो चरणमा २४ जना बालक र २७ जना बालिका गरी ५१ जना बालबालिकाको उद्धार भएको थियो । उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनःस्थापना गरिएको छ भने परिवारमा फर्काउँदा सर्वाेत्तम हित नहुने देखिएका बालबालिकालाई शिक्षा, स्वास्थ्यउपचार सहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको छ । उद्धार गरिएका ५१ जनामध्ये २४ जना बालबालिकालाई परिवारमा पुनस्र्थापना गरिएको बाल कल्याण अधिकारी पहाडीको भनाइ छ ।

महानगरपालिकाले गएको वर्ष बाल संरक्षण तथा बालबालिका सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । त्यसयता बालबालिका लक्षित विभिन्न कार्यक्रम तथा बाल संरक्षण प्रणाली सुदृढीकरणमा काम भइरहेको छ । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारा राखेर बालबालिका लक्षित कार्यक्रमका लागि यस आर्थिक वर्षमा सामाजिक विकास विभागअन्तर्गत ४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कार्यविधिअनुसार उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा महानगर बाल अधिकार समितिको गठन भइसकेको छ । समितिअन्तर्गत बाल उद्धार कार्यदल र घटना व्यवस्थापन उपसमिति गठन भएका छन् ।

बाल कल्याण अधिकारीको व्यवस्था गरिएको छ । बाल उद्धार कार्यक्रम पूर्व र उद्धार पश्चात् बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक प्रतिवेदन तयार पारेर बालबालिकाको सर्वाेत्तम हित निर्धारणमा सहजीकरण गर्न समाजसेवी तथा बालमनोविज्ञको नियुक्ति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ