१६ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार गरेको भन्दै पूर्वराष्ट्रपति यादव र भण्डारीविरुद्ध अख्तियारमा उजुरी

७ चैत्र २०८१, बिहीबार १२:३७

काठमाडौँ | पूर्वराष्ट्रपति द्वय: रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

काठमाडौँमा घर भएपनि घरभाडाबापत उनीहरूले मासिक लाख बढी रकम बुझेको भन्दै आयोगमा उजुरी परेको हो। काठमाडौँमा घर भएर पनि राज्यकोषबाट घरभाडाबापतको रकम बुझेको र यस कार्य भ्रष्टाचार ठहर हुने भन्दै सिन्धुलीका युवराज सफलले बिहीबार उजुरी दर्ता गराएका छन्।

उजुरीमा पूर्वराष्ट्रपति यादव र भण्डारीलाई भ्रष्टाचार कसुरमा पक्राउ गरी छानबिन गर्न उजुरीमा माग गरिएको छ। अन्यथा मुद्दा लिएर अदालतसम्म जाने उजुरीमा भनिएको छ।

प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पूर्वराष्ट्रपति यादवको भरणपोषणका लागि राज्यकोषबाट ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च भएको छ।

त्यस्तै, अर्की पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि राज्यकोषबाट गत आर्थिक वर्षमा ३५ लाख १८ हजार ५५५ रुपैयाँ खर्च गरेको गृहमन्त्रालय स्रोतको दाबी छ। उक्त रकम तलब, घरभाडा, सचिवालयका सदस्यको तलब, बिजुली, पानीसहितको खर्च हो।

पूर्वराष्ट्रपतिलाई सरकारले एक जना उपसचिव, हलुका सवारी चालक र एक जना कार्यालय सहयोगी दिएको छ। पूर्वराष्ट्रपति यादवको बागडोल र भण्डारीको चपली हाइटमा घर भए पनि दुवै जनाका लागि सरकारले मासिक रुपमा भाडा भुक्तानी गर्दै आएको छ।

गृहबाट प्राप्त गरेको सुविधा विवरणअनुसार यादवलाई सरकाले घर भाडा बापत मासिक एक लाख ९२ हजार २५५ रुपैयाँमा दिँदै आएको छ। त्यस्तै, भण्डारीका लागि पनि मासिक एक लाखका दरले घर भाडा भुक्तानी भइरहेको छ।

यादव आफ्नो घर छाडेर भाडाको घरमा बस्दै आएका छन् भने भण्डारी चपली हाइटको आफ्नै घरमा बसे पनि राज्यकोषबाट मासिक भाडा बुझ्छिन्। यादव र भण्डारीका लागि प्रतिव्यक्ति हरेक महिना २०० लिटरका दरले इन्धनका लागि चार लाख चार हजार ८८२ दरले भुक्तानी भएको स्रोतले बतायो।

यादवका लागि सुविधा दिन २०७३ माघ २० गते र २०७४ मंसिर २५ गते निर्णय भएको छ। भण्डारीलाई २०८० भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सुविधा दिइएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरि दोषीलाई कारबाही हुन्छ – गृहमन्त्री गृहमन्त्री लेखक माओवादी केन्द्रीय कार्यालय पुगे रास्वपाद्वारा तीनकुने घटनाको उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग तीनकुने क्षेत्रको कर्फ्यु हट्यो दुर्गा प्रसाईं फरार, बिभिन्न प्रहरी युनिटले खोजि गर्दै मन्त्रिपरिषद् बैठक सकियो, के निर्णय भयो ? राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, आन्दोलन संयोजक धवलशमशेर सहित १७ जना पक्राउ आगजनी र लुटपाट गराएको अभियोगमा दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो तीनकुनेमा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि तीनकुनेमा राजावादीकाे आन्दाेलन : प्रहरीको गोली लागी घाइते एकको मृत्यु विमानस्थलअगाडि आगजनीले ४५ मिनेट उडान प्रभावित प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक अराजकताको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंलाई बनाउँछौं– गृहमन्त्री लेखक  कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री राजावादी प्रदर्शनका २५ घाइतेको केएसमीमा उपचार, अवस्था के छ ? तीनकुने घटना सुरुवात मात्र हो : रविन्द्र मिश्र प्रहरी प्रभाग कोटेश्वरमा आगजनी​ शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु तीनकुने क्षेत्रमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, घर जानू एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड