2026-10-02 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दैलेख दुर्घटना : पाँच जनाको सनाखत

2026-07-04

काठमाडौँ | दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले उनीहरूको सनाखत भएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ।

गाडीमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझिगाउँका चालक तुलाराम सुबेदी, सोही ठाउँका सहचालक रामप्रसाद सुबेदी, कालिकोट रास्कोट नगरपालिका –२ खड्कागाँउका सिर्जना खड्का र कालिकोट पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा र जेखे तिरुवा छन् । जेखे तिरुवाको आफन्तले शव बुझिसकेका छन् । गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भनेर सम्बन्धित निकायहरुसँग समन्वय गरी आवश्यक अनुसन्धान तथा विवरण संकलन कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीयवासी तथा विभिन्न जिल्लाबाट परिचालित उद्धार टोलीले नदी किनार र सम्भावित स्थानहरूमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो