११ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्र भण्डारी भन्छन्: १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बनाएका हौँ

७ चैत्र २०८१, बिहीबार १६:३२

काठमाडौँ | नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १०/१५ हजार मानिस सडकमा उत्रिँदा डराउनुपर्ने स्थिति नेताहरू आफैले सिर्जना गरेको टिप्पणी गरेका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन्।

‘यत्रो प्रजातन्त्र ल्याएर हामीले शासन गर्‍यौँ त। मन्त्री भयौँ त, आफ्ना मन लागेकालाई मन्त्री बनाएका होइनौँ ? आफ्ना मन लागेकालाई टिकट दिएका होइनौँ? तिनले के परिवर्तन गरे ?,’ नेता भण्डारीले भने, ‘वरिपरि गरिब राखेर बिचमा ठुलो घर बनाउने भन्दा वरिपरि गरिबको ठुलो घर बनाएर आफ्नो घर बनाएको भए आज हामी कहाँ पुग्थ्यौँ ? यही हो कुरा ।’

त्यही भएकाले आज असन्तुष्टि चुलिएको उनले बताए । उनले भने, ‘आज सडकमा १०/१५ हजार मानिसको जुलुस निस्किदा हामी किन तर्सिरहेका छौँ भन्दा हामीसँग केही खोट छ, त्यहाँ केही कमजोरी छ। हामीले बदमासी गरेका छौँ, त्यसैले हामी डराइरहेका छौँ।’

आफू भने नडराएको भण्डारीले दाबी गरे । ‘हामी किन डराएका छैनौँ भन्दा हामीले जीवनमा कुनै खोट गरेका छैनौँ। हामी कांग्रेस बनाउन सक्छौँ, प्रजातन्त्रको रक्षा गर्न सक्छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा ओली, देउवा र प्रचण्डको बैठक सुरु पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता, पछ्याउँदै नेविसंघ र स्वतन्त्र राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रचण्ड, के भयो छलफल ? बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तमिम इकबाललाई हृदयघात ट्यांकरको ठक्करबाट मृत्यु भएका नाबालक दाजुभाइको शव परिवारले बुझे भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको अनुसन्धान निष्कर्ष धनगढीमा ट्यांकरको ठक्करबाट घाइते युवतीको मृत्यु भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता जारी, २ सय मतगणना हुँदा कसको कति ? महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने नागढुंगामा हायस दुर्घटना हुँदा युवतीको मृत्यु, तीनजना अस्पतालमा इलाममा बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ गिनीज वर्ल्ड रेकर्डमा नाम लेखाउने ‘करुम्बी’  देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित काठमाडौँका १६ जना वडाध्यक्षले लेखे मेयर बालेनलाई पत्र आजको मौसम : कतै चट्याङसहितको वर्षा, कतै सफा ९ महिना अन्तरिक्षमा बसेर फर्किएकी सुनिताले कति पैसा पाउँछिन् ? सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ट्रम्प प्रशासनको नयाँ कदमले अमेरिकामा रहेका विदेशीलाई अर्को झड्का