१५ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप-२०२६ मा छनोट हुने पहिलो राष्ट्र बन्यो जापान

८ चैत्र २०८१, शुक्रबार १२:४५

काठमाडौँ | सन् २०२६ को विश्वकप फुटबलमा छनोट हुने जापान पहिलो राष्ट्र बनेको छ।

बिहीबार बहराइनलाई २–० ले हराउँदै जापानले विश्वकपमा स्थान पक्का गरेको हो।

दोस्रो हाफमा क्रिस्टल प्यालेसका दाइची कामाडा र रियल सोसिडाडका टेकफुसा कुबोले गोल गरेपछि जापानले एसिया छनोटमा तीन खेल बाँकी रहँदै आफूलाई विश्वकपमा सुरक्षित गरेको हो।

क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकका रूपमा अर्को वर्ष हुने विश्वकप खेल्नेछन्। तर छनोट खेल पार गर्ने देश भने जापान नै पहिलो हो।

एसिया छनोटमा छनोटमा १८ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहका शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन्।

प्रत्येक समूहमा तेस्रो र चौथो स्थानमा पुग्ने टोली चौथो चरणमा भिड्नेछन्।

जापान सन् २०२२ को विश्वकपमा अन्तिम १६ मा पुगेको थियो। अन्तिम १६ मा क्रोएसियासँग पेनाल्टीमा पराजित भएको थियो।

दोस्रो स्थानमा रहेको अष्ट्रेलियाले इन्डोनेसियालाई ५–१ ले हराएको छ। अष्ट्रेलिया जापानभन्दा ९ अंकले पछि छ।

युरोपेली छनोट यसै साता सुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? एसईईका परीक्षार्थीलाई महानगरले गन्तव्यमा पुर्‍याइदिने, कहाँ कसलाई सम्पर्क गर्ने ? डोजर लिएर हाकिमकै घर भत्काउन पुगे कर्मचारी, बालेनको बिरोध (भिडियो सहित) काठमाडौँमा शुक्रबार सकेसम्म बाहिर ननिस्कन अष्ट्रे‍लियाली दूतावासले गर्‍यो अपिल नेप्सेमा ४१ अंकको वृद्धि हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला संविधानसभाबाट बनेको संविधानको विकल्प छैन, हामी डगमगाउँदैनौँ : उपप्रधानमन्त्री सिंह प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित दुई प्रहरी जवानलाई निलम्बन गर्न सिडियो आदेश ! कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद् अवरुद्ध पार्नु संविधानविपरीत : महेश बर्तौला हितेन्द्र र कुलमानको रिट एकसाथ दर्ता, शुक्रबारकै पेसी राजसंस्थाको ब्यानर बोकेर माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी पक्राउ पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ- शेरबहादुर देउवा प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ: सांसद किराँती  राजसंस्था पुनर्स्थापना समितिले बनायो दुर्गा प्रसाईंलाई जनकमान्डर ओलीले जवाफ नदिने, प्रतिपक्षीले प्रधानमन्त्री नबोले सदन चल्नै नदिने एएफसी वुमन्स एसियन कपको छनोटमा नेपाल र उज्वेकिस्तान एकै समूहमा  पाटन क्याम्पसमा रोकिएको स्ववियु चुनाव १६ चैतमा कुलमानलाई हटाउँदा प्रशंसा गर्नुपर्ने हो, गाली गरियोः ओली