2026-09-19 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सर्पको डसाइ, समयमै उपचार नगर्दा धेरैको मृत्यु

साउन १७, रुपन्देही । विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । 

सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।  बुटवलस्थित लुुम्बिनी अञ्चल अस्पतालमा पछिल्लो सात वर्षमा ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्याँक छ । यो आवमा १९ जनाको मृत्यु भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालमा उपचार गर्न ढिला गर्नु नै मृत्युको मुख्य कारण भएको बताउनुभयो । 

उहाँले भन्नुभयो “ढिलो अस्पताल आउँदा सर्पको विष शरीरका विभिन्न भागमा पुगिसकेको हुन्छ, अनि मृत्यु हुनसक्छ ।” गत वर्षको साउनदेखि ७४ असारसम्म अस्पतालमा विषालु सर्पले डसेका १५५ जना उपचार गर्न आएकामध्ये १९ जनाको मृत्यु भएको थियो । पच्चिस जनाको भने यहाँ उपचार हुन नसकेकाले अन्यत्र पठाउनु परेको थियो । 

उक्त अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार आव २०७२÷७३ मा विषालु सर्पले १४९ जनालाई डसेकामा १३ जनाको मृत्यु भएको थियो भने आव ०७१÷७२ मा विषालु सर्पले १२३ जनालाई डसेकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । आव ०७०÷७१ मा विषालु सर्पले एक सय २६ जनालाई डसेकामा तीन जनाको मृत्यु भएको थियो । 

अस्पतालमा उपचार गर्न आएका अधिकांश अर्थात ८५ प्रतिशत विषालु सर्प राजा साँपले र १० प्रतिशतलाई गोमनले टोकेको पाइएको सो अस्पतालले जनाएको छ । सर्पले टोकेका सबैभन्दा बढी रुपन्देही कपिलवस्तु र नवलपरासीका भएपनि रोल्पा, रुकुम, सल्यान र दाडबाट समेत उपचार गर्न यही आउने गरेको सूचना अधिकृत रेग्मीले बताउनुभयो । 

यस अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेसँगै बेला बेलामा एन्टिस्नेक भेनम उपलब्ध नहुँदा अस्पतालले अन्यत्र पठाउनु परेको छ । अस्पतालमा आउने सर्पले डसेकामध्ये टाउको, हात, घाँटीमा डसेका बिरामीमा धेरै जोखिम हुने अस्पतालका प्रमुख परामर्शदाता डा विष्णु पौडेलले बताउनुभयो । उहाँका अनुसार ती अंगको क्रियाशीलतासँगै सर्पको विष पनि अन्य शरीरका अंगमा जाने हुँदा मृत्यु हुने सम्भावना बढी हुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई