९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सर्पको डसाइ, समयमै उपचार नगर्दा धेरैको मृत्यु

१७ श्रावण २०७४, मंगलवार ०७:१४

साउन १७, रुपन्देही । विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । 

सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।  बुटवलस्थित लुुम्बिनी अञ्चल अस्पतालमा पछिल्लो सात वर्षमा ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्याँक छ । यो आवमा १९ जनाको मृत्यु भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालमा उपचार गर्न ढिला गर्नु नै मृत्युको मुख्य कारण भएको बताउनुभयो । 

उहाँले भन्नुभयो “ढिलो अस्पताल आउँदा सर्पको विष शरीरका विभिन्न भागमा पुगिसकेको हुन्छ, अनि मृत्यु हुनसक्छ ।” गत वर्षको साउनदेखि ७४ असारसम्म अस्पतालमा विषालु सर्पले डसेका १५५ जना उपचार गर्न आएकामध्ये १९ जनाको मृत्यु भएको थियो । पच्चिस जनाको भने यहाँ उपचार हुन नसकेकाले अन्यत्र पठाउनु परेको थियो । 

उक्त अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार आव २०७२÷७३ मा विषालु सर्पले १४९ जनालाई डसेकामा १३ जनाको मृत्यु भएको थियो भने आव ०७१÷७२ मा विषालु सर्पले १२३ जनालाई डसेकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । आव ०७०÷७१ मा विषालु सर्पले एक सय २६ जनालाई डसेकामा तीन जनाको मृत्यु भएको थियो । 

अस्पतालमा उपचार गर्न आएका अधिकांश अर्थात ८५ प्रतिशत विषालु सर्प राजा साँपले र १० प्रतिशतलाई गोमनले टोकेको पाइएको सो अस्पतालले जनाएको छ । सर्पले टोकेका सबैभन्दा बढी रुपन्देही कपिलवस्तु र नवलपरासीका भएपनि रोल्पा, रुकुम, सल्यान र दाडबाट समेत उपचार गर्न यही आउने गरेको सूचना अधिकृत रेग्मीले बताउनुभयो । 

यस अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेसँगै बेला बेलामा एन्टिस्नेक भेनम उपलब्ध नहुँदा अस्पतालले अन्यत्र पठाउनु परेको छ । अस्पतालमा आउने सर्पले डसेकामध्ये टाउको, हात, घाँटीमा डसेका बिरामीमा धेरै जोखिम हुने अस्पतालका प्रमुख परामर्शदाता डा विष्णु पौडेलले बताउनुभयो । उहाँका अनुसार ती अंगको क्रियाशीलतासँगै सर्पको विष पनि अन्य शरीरका अंगमा जाने हुँदा मृत्यु हुने सम्भावना बढी हुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो