२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पत्नीको बिहे गराइदिएका युवक चार दिन पनि टिक्न नसकी फिर्ता माग्न पुगे

२० चैत्र २०८१, बुधबार १८:१८

काठमाडौँ | भारतको उत्तर प्रदेश राज्यको सन्त कबीरनगर जिल्ला निवासी बबलू केही अघि आफ्नै पत्नी राधिकाको बिहे अर्कासँग गराइदिएर चर्चामा आएका थिए । पत्नीलाई उनकै प्रेमी विकाससँग बिहे गराइदिएका बबलू चार दिनभन्दा बढी आफ्नो निर्णयमा टिक्न सकेनन् ।

बबलूले पत्नी राधिकाको हात जसलाई थमाइदिएका थिए, उनैसँग याचना गरेर राधिकाको हात मागेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार राधिकाको हात माग्न बबलू हालै विकासको घरमा पुगेका हुन् ।

पतिले नै गराइदिए पत्नीको बिहे
बबलूकी आमाले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छन्, ‘हामीले त पहिला नै यस्तो निर्णय नलिन बबलूलाई सम्झाएका थियौँ तर मानेन । उसैले बिहे गराइदियो । पछि उसलाई पनि आफूले गल्ती गरेँ भन्ने लागेछ ।’

बबलू र राधिकाका दुई सन्तान छन् । बबलूले पत्नी राधिकाको बिहे गराउने बेलामै बालबच्चाको हेरचाह आफैँ गर्ने भनेर राधिका र विकासलाई नयाँ दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।

तर राधिकाविना बालबच्चाको हेरचाह गर्न कठिन भएपछि चार दिनमै बबलू राधिकाको हात माग्न विकासको घर पुगे । विकासले पनि राधिकालाई बबलूको जिम्मा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बबलू अहिले राधिकालाई लिएर अलग्गै बस्न थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ