२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ

२०८१, २५ चैत्र सोमबार १६:१०

काठमाडौँ | गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित एक घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु हुनुअघि पसेर निस्किएकी एनी कुँवर पक्राउ परेकी छन् । पत्रकार रजकले भिडियो खिचिरहेको बेला उक्त घरमा छिरेर निस्किएकी कुँवरलाई उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले पत्रकार रजक जलेको घरमा पसेकी एनीको भूमिका शंकास्पद देखिएकाले हिरासतमा लिइएको बताएका छन् ।कुँवर तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा पत्रकार रजक जल्नुअघि पसेर निस्किएकी थिइन् । उनले बाहिर आएर पनि उक्त आगो लागेको घरबारे विवादित अभिव्यक्ति दिएकी थिइन् ।

एनी पनि एभिन्युजमा काम गरेकी पत्रकार हुन् । जिसीले अरूको घरमा अनुमति नलिई अनधिकृत रुपमा प्रवेश गरेर शंकास्पद गतिविधि गरेको तथ्यका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । जिसीले उनी उक्त प्रकरणमा निर्दोष हुन सक्ने अवस्था छानबिनबाट देखिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ