२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए

२९ चैत्र २०८१, शुक्रबार १५:१२

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताएका छन् । १० दिनदेखि जारी शिक्षक आन्दोलनबारे भिडियो सन्देश दिँदै थापाले उनीहरूले राखेका १५ बुँदे मागमध्ये कतिपय कानून बनाइ मन्त्रिपरिषद्ले पनि घोषणा गर्न सक्ने उनको भनाइ छ । बाँकी माग र पूर्वसहमति भएका विषयलाई विधेयकमार्फत छिटो पारित गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने उनको प्रस्ताव छ ।

‘शिक्षकले राखेका कतिपय मागका विषयलाई कानून नबनाइ हल गर्न सकिन्छ । उहाँहरूले राख्नुभएको मर्यादाक्रम, दरबन्दी मिलान, राहतको बिदा सञ्चितिजस्ता विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्न सक्छ । उहाँहरूका यी माग सम्बोधनको लागि केही स्रोतको मात्रै कुरा हो । तर यसले विश्वासको वातावरण बनाउन सकिन्छ,’ थापाले भनेका छन्, ‘केही दिनपछि संसद्को अधिवेशन प्रारम्भ हुन्छ । संसद्को मिति तय भएको सात आठ दिनमा शिक्षा विधेयक पारित हुन्छ भनेर अघि बढ्न सक्छौं । जसमा शिक्षक महासंघसँग भएको समझदारीअनुसार अगाडि बढाउन सकिन्छ ।’वैशाखको १८ गतेभित्र विधेयक पारित हुन्छ भन्ने भरोसा गराउँदा शिक्षकले पनि मान्ने र सांसदले पनि दिनरात नभनी विधेयक टुंग्याउन काम गर्ने उनी बताउँछन् ।

यसका लागि प्रधानमन्त्री, मन्त्री र सम्बन्धित पक्षले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । शिक्षकको मागको सम्बन्धमा लामो समय काम गर्न नसक्दा अहिलेको समस्या आएको उनले बताए । ‘हामीले छिट्टै शिक्षकको विषयलाई सम्बोधन गर्नुपर्थ्यौं । तर हिजो सरकारमा आलोपालो बस्दा आवश्यक तदारुकता देखाउन सकेनौं,’ थापाले भने, ‘हिजो भएको गल्ती कमजोरीलाई सामूहिक प्रयासबाट सम्बोधन गरेर उहाँहरूलाई कक्षाकोठामा फकाउनुपर्छ । किनकि वैशाख २ गतेदेखि शैक्षिक सत्र शुरू हुने हुँदा शिक्षकलाई बाटो छिटो फर्काउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ