2026-07-02 02:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना गर्ने दृढ सङ्कल्प हुनुपर्ने बताए

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको पक्षमा आ-आफ्ना दलगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका छन्। नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना गर्ने दृढ सङ्कल्प हुनुपर्ने बताएका हुन्।

‘नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको छ ।’ उनले भनेका छन्,‘यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकबासी र लोकतन्त्रको पक्षमा आ-आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ ।’

आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साहका साथ अगाडि बढ्नुपर्ने उनको भनाई छ। सन्देशमा भनिएको छ, ‘नयाँ वर्ष २०८२ ले हामी नेपाली बीचको एकतालाई अझ बढी मजबुत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सकोस् भन्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी