2026-09-08 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ

काठमाडौँ | ललितपुरको च्यासलमा मृत भेटिएकी ११ वर्षीया बालिका दुर्गा बोहराको हत्या भएको खुलेको छ । दुर्गाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाइ १५ वर्षीय नाबालकलाई पक्राउ गरेको छ । गएको शुक्रबार च्यासलस्थित एक घरको पानी ट्यांकीभित्र दुर्गाको शव भेटिएको थियो । पानीमा सड्ने अवस्थामा पुगेको शवबारे अनुसन्धान गर्दै जाँदा दुर्गाको हत्या उनकै सहोदर दाइले गरेको खुलेको प्रहरी स्रोत बताउँछ । बझाङ स्थायी घर भएको बोहरा परिवार च्यासलको एक घरमा भाडामा बस्दै आएको थियो ।

च्यासलस्थित श्रमिक शान्ति स्कुलमा पढ्दै आएकी दुर्गा चैत ४ गतेदेखि परिवारको सम्पर्कबाट छुटेकी थिइन् । उनका बुवाले चैत ४ गते नै दुर्गा हराएको निवेदन प्रहरी प्रभाग मंगलबजारमा दिएका थिए । प्रहरीका अनुसार, दुर्गाका दाइले घाँटीमा डोरीले कसेर उनको हत्या गरेका थिए । हत्यापछि उनले घरको बाथरुमनजिक बनाइएको पानी ट्यांकीभित्र शव फालेर माथिबाट कपडाले छपेका थिए ।

यसरी भेटिएको थियो शव
चैत ४ गतेदेखि नै हराएकी दुर्गाको शव झन्डै एक महिनापछि मात्रै फेला परेको हो । दुर्गाको हत्या हुनु एक हप्ताअघि मात्रै दुर्गाको परिवार च्यासलबाट अर्को ठाउँ सरेको थियो । दुर्गाको परिवार बस्दै आएको च्यासलको घरमा हेटौँडाका सञ्जय बोगटीको परिवार सर्‍यो । भुइँतलामै रहेको कोठानजिकै थियो, बाथरुम । तर, बाथरुम दुर्गन्धित थियो । सुरुमा सञ्जयको परिवारले फोहोर भएर बाथरुम गन्हाएको ठान्यो । उनीहरू बाथरुम र नजिकै रहेको ट्यांकी सफा गर्न पुगे । तर, ट्यांकी सफा गर्ने बेला ट्यांकीभित्र मानिसको खुट्टाजस्तो देखिएपछि उनीहरू झस्किए । तुरुन्तै घरबेटीलाई खबर गरे ।

घरबेटीले तत्कालै प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव निकालेको थियो । शव दुर्गाको भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । शव भेटिएको चार दिनपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले दुर्गाको हत्याका आरोपितलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका दाइमाथि प्रहरीले सुरुदेखि नै आशंका गरेको थियो । तर, उनले निरन्तररूपमा हत्या अस्वीकार गरे । तर, उनकै भूमिका थप शंकास्पद लागेपछि प्रहरीले सोधपुछ गर्दा उनले सोमबार हत्या स्वीकार गरेका हुन् ।

प्रहरीका अनुसार, कोठा सरेको दुई दिनपछि लुगा छुट्यो भन्दै पुरानो डेरा पुगेका दाजुबहिनीले लागुऔषधसमेत सेवन गरेको खुलेको छ । सोही विषयमा विवाद हुँदा दाजुले बहिनीको हत्या गरेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीले हत्या उनकै दाइले गरेको स्वीकार गरेको बताए । पक्राउ परेका युवामाथि अनुसन्धान सुरु भएको छ । मंगलबार प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित