२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह

५ बैशाख २०८२, शुक्रबार १५:१०

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह गरेका छन् । लामो समयदेखि निजामती विधेयक राज्य, व्यवस्था तथा सुशासन समितिमा अल्झिएपछि कर्मचारीहरुले शुक्रबार समितिको कार्यकक्ष अगाडी प्रदर्शन गरेका थिए । कर्मचारीहरुले न्युनतम आधारभूत मागलाई बेवास्ता गरी सङ्घीय निजामती सेवा ऐन नल्याउन चेतावनी समिति सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएका थिए र यस्तो कार्य गरिए सशक्त आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी थियो ।

बाहिर कर्मचारीहरुले प्रदर्शन गरिरहँदा भित्र जारी समिति बैठकमा महामन्त्री शर्माले भने, ‘बाहिर सडकमा शिक्षकहरुको आन्दोलन जारी छ । निजामती कर्मचारीलाई पनि उनीहरुलाई जस्तै सडकमै जाने वातावरण बनाउन हुन्न ।’महामन्त्री शर्माले विधेयकलाई अन्तिम रुप दिनुअघि एकपटक कर्मचारीका प्रतिनिधिहरुसँग पनि छलफल आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली