सरोज यादव/साउन २३, सर्लाही । सर्लाही लगायत मिथिला क्षेत्र र तराईका जिल्लामा आज हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाइँदैछ ।

दाजुभाई दिदीबहिनीबीचको प्रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव/साउन २३, सर्लाही । सर्लाही लगायत मिथिला क्षेत्र र तराईका जिल्लामा आज हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाइँदैछ ।

दाजुभाई दिदीबहिनीबीचको प्रे"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही लगायत तराईका जिल्लामा रक्षाबन्धन पर्व मनाइँदै

२३ श्रावण २०७४, सोमबार ०७:२८


सरोज यादव/साउन २३, सर्लाही । सर्लाही लगायत मिथिला क्षेत्र र तराईका जिल्लामा आज हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाइँदैछ ।

दाजुभाई दिदीबहिनीबीचको प्रेम र स्नेहको पवित्र पर्व रक्षाबन्धन आज मिथिलाञ्चलमा धुमधामसंग मनाईदै छ । यस पर्वमा दिदीबहिनीहरुले फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामनदा गर्दै दाजुभाइको हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँधिदिने गर्छन् ।

त्यसपछि दाजुभाईहरुले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् ।

यस पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाईलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् । दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाई मानेर राखी बाध्ने गर्छन् ।

सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक कथाको आधारमा यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका जानकार बताउँछन् । 

धागोले जहिले पनि एक अर्कालाई जोड्ने काम गरेकाले रक्षाबन्धन पर्व भाई बहिनीको सम्बन्धलाई जोडेर झनै प्रगाढ बनाउँने पर्व रहेकोले यस पर्वको मिथिलाञ्चलमा निकै महत्व रहेको एक पण्डितले बताउँनुभयो ।

खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आइरहेका छन् ।

सो पञ्चाङका आधारमा बिहान ११ देखि मध्याह्न २ बजेसम्म शुभसाइतमा रक्षाबन्धनका साथै ब्राह्मणबाट रक्षासूत्र बाँध्न पण्डितले सुझाव दिनुभएको छ ।

आज सोमबार राति ११ बजेर ७ मिनेटदेखि चन्द्रग्रहण लाग्ने भएकाले निर्धारित समयमा गर्दा कुनै प्रकारको कुप्रभाव नपर्ने उहाँले बताउनुभयो । साउन पूर्णिमाका दिनमा यो पर्व मनाउने गरिएको यस पर्वका अवसरमा दाजुभाइलाई दिदीबहिनीले रक्षाबन्धन बाध्ने गर्छन् ।

सो अवसरमा दाजुभाइले दिदीबहिनीको रक्षाको वचनका साथै आ–आफ्ना क्षमतानुसार उपहार दिने गर्छन् । यो पर्वको अवसरमा आज बिहानैदेखि सर्लाहिमा दिदी – बहिनी आउने जानेको चहलपहल बढेको छ । त्यसैगरि सर्लाही लगायत तराईका सबै मिठाई  पसलमा पनि ग्राहकको चहलपहल बढेको छ । सरकारले आज तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन