2026-07-25 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने महिला विश्वकप खेल्न नजाने

काठमाडौँ | पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष तथा देशका आन्तरिक मन्त्री मोहसिन नकवीले पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने २०२५ को आईसीसी महिला विश्वकप खेल्न नजाने स्पष्ट पारेका छन्। पाकिस्तानले थाइल्याण्डलाई ८७ रनले हराउँदै विश्वकपको छनोट चरण पार गरेपछि नकवीले उक्त अभिव्यक्ति दिएका हुन्।

“महिला क्रिकेट टोलीको सफलतामा हामी खुसी छौँ, तर उनीहरूले भारत यात्रा गर्ने छैनन्,” नकवीले भने, “अब भारतले निर्णय गर्नु पर्छ कि पाकिस्तानको खेल कहाँ हुनेछ। भारत बाहेक जहाँ पनि भए हाम्रो टोली खेल्न तयार छ।”भारतले यसअघि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो र दुबईमा तेस्रो मुलुकको मैदानमा खेल्ने सहमति भएको थियो। सो सहमतिअनुसार अब पाकिस्तानले पनि आफ्ना खेल भारतमा नखेल्ने निर्णय गरेको हो।

पीसीबी अध्यक्ष नकवीले स्पष्ट पारे, “यो निर्णय कुनै एकपक्षीय होइन। यो ‘हाइब्रिड मोडल’ को हिस्सा हो, जुन दुबै क्रिकेट बोर्डबीच सहमतिमा भएको हो। जसरी हामीले च्याम्पियन्स ट्रफीमा भारतको लागि दुबईको मैदान स्वीकार्य बनायौँ, अब भारतले पनि त्यही मोडल स्वीकार गर्नुपर्नेछ।”भारत र पाकिस्तानबीचको राजनीतिक तनावले विगत लामो समयदेखि क्रिकेट खेलमा पनि असर पारेको छ। दुबै देशका खेल टोलीबीचको द्विपक्षीय श्रृंखला विगत एक दशकदेखि स्थगित छ र आइसीसी आयोजक हुने बहुपक्षीय प्रतियोगितामा मात्र उनीहरू एक-अर्काविरुद्ध खेल्दै आएका छन्।

आईसीसी महिला विश्वकप २०२५ सेप्टेम्बरमा भारतमा आयोजना हुँदैछ। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्, जसमा पाकिस्तानले हालै क्वालिफाइ गरेको हो। तर अब पाकिस्तानको खेल भारतमा नखेलाई तेस्रो देशमा सारिने सम्भावना बलियो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ