२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो

२०८२, १० बैशाख बुधबार १५:०६

काठमाडौँ | तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका थप १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरिएको हो । यसअघि यही घटनामा पक्राउ परेका आठ जनालाई हाजिरी जमानीमा छाडिएको थियो । योसँगै हाजिरी जमानीमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने बताइएको छ ।

बयान लगायतको काम सकिएको हिरासतमा राखिराख्नुपर्ने अवस्था नदेखिएकाले हाजिरी जमानीमा छाडिएको परिसरका एक अधिकृतले बताए । यद्यपी उनीहरुविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुने बताइएको छ । मुद्दा दायर भएपछि उनीहरूलाई प्रहरीले सोझै अदालतमा उपस्थित हुनेगरी छाडेको हो । हिरासतमुक्त गरिएको सबै आपराधिक उपद्रवको कसुरको आरोपितहरू हुन् ।

उनीहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बताएको छ । प्रहरीले अहिलेसम्म यो केशमा ८५ जनालाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गरेको छ । जसमध्ये २१ जना हिरासतमुक्त रहेकाले अहिले परिसरको हिरासतमा रहनेको संख्या ६४ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश