२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन

२०८२, १० बैशाख बुधबार १६:०३

काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा उल्लेखित नाम र प्रस्तावनालाई अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकमा निजामतीमा रहेका कर्मचारी सेवाबाट बाहिरिएको कति समयपछि संवैधानिक आयोग वा अरु कुनै सार्वजनिक पदमा नियुक्ति गर्ने भन्ने सन्दर्भमा समितिमा मतैक्यता हुन नसकेपछि आज अरु विषय अघि बढ्न नसकेको हो । बैठकपछि सभापति रामहरि खतिवडाले ‘कुलिङ प्रियड’ कति राख्ने भन्नेमा सत्तापक्षका सांसदबीच मतैक्यता नभएको तथा प्रमुख प्रतिपक्षको फरक धारणा भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “यसमा पार्टीको कुनै दबाब छैन, स्वतन्त्र रूपमा कानुन बनाउने पक्षमा छौँ । सांसद दलगत रूपमा प्रस्तुत हुनुभयो भने अप्ठेरो हुन्छ । पार्टीगत र जातिगत रूपमा नभई कर्मचारी, समाज र देशमैत्री बनाउनुपर्छ हाम्रो चाहना छ ।”

बैठकमा समितिको प्रतिवेदनको मस्यौदा सबै सदस्यलाई वितरण गरिएकाले उहाँहरूका सुझावका आधारमा सच्याउनुपर्ने र संशोधन कार्य भएपछि समितिले अर्काे बैठकबाट पारित गर्ने सभापति खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा