2026-07-01 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ |  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मङ्गलबार आतङ्कवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति प्रकाशित गरी उक्त आक्रमणमा परी एकजना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणका कारण दर्जनौँ व्यक्ति घाइते भएका जनाउँदै मानवताविरोधी घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएको हो ।

पहलगाममा भएको अमानवीय र हृदयविदारक घटनाको राप्रपाले भत्र्सना गरेको अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाँले जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने मानवता विरुद्धको आतङ्ककारी कार्य स्वीकार्य नहुने बताउँदै राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा रहेको उल्लेख गर्नुभयो ।

“यस दुःखको घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौँ । आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल–११ कालिकानगरका सुदिप न्यौपानेका साथै सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ । साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ”, अध्यक्ष लिङ्देनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल