२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

१२ बैशाख २०८२, शुक्रबार १४:३३

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकको उद्घाटन समारोहमा महासचिव पोखरेलले वर्तमान सरकारले विकास निर्माण र मुलुकको समृद्धिका लागि काम गरिरहेको बताउनुभयो ।

“राजस्व वृद्धि र विदेशी मुद्राको सञ्चिति बढाउनेछ, सडक निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “यो सरकार आएपछि विआरआईमा सम्झौता भयो, यो महत्वपूर्ण काम हो ।”

सूचना र प्रविधिको प्रयोगले धेरै कामकाज गर्न सहज भए पनि त्यसको दुरुपयोगले नेपाली समाजमा धेरै असहजता र अस्थिरता निम्त्याएको महासचिव पोखरेलको भनाइ थियोे । उहाँले गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको र अहिले नेपाली समाज समानतातर्फ अघि बढेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकले विकासमा फड्को मारेको स्पष्ट पार्नुभयो ।

“पत्रकारले सिर्जनात्मक भएर समाज र राष्ट्रका लागि भूमिका निवाह गर्नुपर्छ, सूचनाबाटै पत्रकारको सामथ्र्य बढ्छ”, महासचिव पोखरेलले भन्नुभयो । मुलुकलाई सही बाटोमा लैजाने र सबैभन्दा लोकप्रिय पार्टी एमाले भएको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न पार्टी अग्रसर भएको बताउनुभयो ।

एमाले सङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले प्रेस चौतारी नेपालको श्रमजीवी पत्रकार र मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले सञ्चारिकाले महिला पत्रकारको पेसागत तथा व्यावसायिक सुरक्षाका लागि काम गर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले फोनिज र चौतारीको उद्देश्य श्रमजीवी पत्रकारको हित नै भएकाले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

सो अवसरमा चौतारीले सञ्चारिका समूहका नवनिर्वाचित अध्यक्ष पन्थीसहित पदाधिकारी तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का नवनिर्वाचित अध्यक्ष लक्की चौधरीसहित पदाधिकारीलाई बधाई तथा शुभकामनासहित सम्मानित गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली