३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’

१२ बैशाख २०८२, शुक्रबार १५:१४

काठमाडौँ | नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधि निर्माण प्रक्रियामा ढिलाइले समस्याका चाङ बढ्दै गएका बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उहाँले देशमा देखिएका धेरै समस्या विधि निर्माणको प्रक्रियामा ढिलाइका कारण उत्पन्न भएका बताउनुभयो । प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “विधि निर्माण प्रक्रियालाई निश्चित समय सीमाभित्र ढालेनौँ भने समस्याको चाङ बढ्दै जान्छ र अप्ठ्यारोमा फस्दै गइन्छ । शिक्षक आन्दोलन, कर्मचारीको चेतावनी, चिकित्सकको आन्दोलन यी सबै विधि निर्माणको प्रक्रियागत ढिलाइका कारण उत्पन्न भएका हुन् । त्यसैले यसमा संवेदनशील हुन जरूरी छ ।”

उहाँले शान्ति प्रक्रियाको २० वर्षभित्र मुलुकले प्रगति नगरेको भन्न नमिल्ने बताउनुभयो । “कुल गार्हस्थ उत्पादन (जिडिपी)मा फड्को, प्रतिव्यक्ति आय, सरदर आयु, साक्षरता प्रतिशत, बाल तथा मातृ मृत्युदरमा उल्लखेनीय प्रगति भएको छ । बिजुलीको आपूर्ति, इन्टरनेटको पहुँच बढेको छ । खाद्य सुरक्षामा पनि पहिलेभन्दा राम्रो अवस्थामा छौँ”, प्रमुख सचेतक घिमिरेको भनाइ थियो । उहाँले ठूला परियोजनाका लािग अन्तरराष्ट्रिय लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा पूर्वाधार सीमित छन् । अन्तरराष्ट्रिय लगानी नबढाइकन समृद्धि हासिल गर्न सक्दैनौँ । मुलुक बनाउन स्रोत व्यवस्थापन गर्नुपर्छ । स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च नसम्झी लगानी सम्झनुपर्छ । त्यो ऋण प्रतिफलयुक्त परियोजनामा खर्च भयो वा भएन यो महत्वपूर्ण कुरा हो ।”

प्रमुख सचेतक घिमिरेले देशमा लोकतन्त्रको पुनर्बहाली भएपछि जनताको आकाङ्क्षा उच्च हुनु स्वाभाविक भए पनि आर्थिक वृद्धिदर हासिल गर्न नसिकएको बताउनुभयो । “समस्या नियन्त्रणभित्रै छन् र सबैले लाग्दा यी समस्याको समाधान गर्न सक्छौँ । सामूहिक प्रतिबद्धता आवश्यक छ । आर्थिक विकासका क्षेत्रमा छिमेकी देशबाट फाइदा लिन सकिन्छ । कृषि, जलस्रोत, उद्योगका क्षेत्रमा लाभ लिन सक्छौँ । कृषि र औद्योगिक उत्पादन सहुलियत रुपमा ती देशमा निर्यात गर्न सक्छौँ । पर्यटनका क्षेत्रमा लाभ लिन सक्छौँ”, उहाँले भन्नुभयो ।

प्रमुख सचेतक घिमिरेले एउटै विधेयकमा वर्षौंसम्म संसद्मा अल्झिराख्ने परम्पराको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । एउटा विधेयक संसद्मा टेबुल भएको कति दिनभित्र पारित भइसक्नुपर्ने हो त्यसको स्पष्टता पनि आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली