२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’

२०८२, १४ बैशाख आईतवार १५:४७

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म र भावनाबमोजिम आउनुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा दलीय आधारमा उहाँले आगामी आवको बजेटमार्फत जनताका पक्षमा काम गर्न सक्छौँ भन्ने देखाउन सक्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री र अर्थमन्त्रीलाई विशेष आग्रह छ, अब पुरानै ढाँचाको बजेट नल्याउनुहोस्, बजेटमार्फत उत्पादन वृद्धि हुनुपर्‍यो, कृषकले खेतीयोग्य जमिन बाँझो राख्न नपर्ने खालको बजेट ल्याउन जरुरी छ ।” वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका युवालाई देशभित्रै रोजगारी दिन सक्नेगरी बजेट बनाउनुपर्ने उहाँले बताउनुभयो ।

“हामी २०७२ सालको संविधानसँगै नयाँ राजनीतिक यात्रामा प्रवेश गरेका हौँ । आन्दोलनपछि गणतन्त्रको घोषणासँगै लामो समय लगाएर संविधान जारी गरेका थियौँ । संविधान सबैको साझा दस्तावेज हो, तर हाम्रो मानसिकता सङ्घीताबमोजिम भएको छैन”, सांसद सिटौलाले भन्नुभयो । संविधान नयाँ भए पनि हाम्रो काम गर्ने शैली पुरानै रहेको उहाँको भनाइ छ । उहाँले एकले अर्कालाई आरोप लगाउनेभन्दा पनि सबै मिलेर यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

“लामो समयदेखि शिक्षकहरू सडकमा प्रदर्शनरत छन् । मैले संविधान जारी भएदेखि शिक्षा विधेयकका बारेमा छलफल गर्नुपर्ने भन्दै आएको हुँ, तर अहिलेसम्म पनि ऐन बनाउन सकेका छैनौँ”, सांसद सिटौलाले भन्नुभयो । युवा पलायन रोक्न मुलुकको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै रोजगारीका निम्ति देशभित्रै कलकारखाना र उद्योग सञ्चालन गर्नेगरी बजेट ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

संविधानले दिएका मौलिक अधिकार मात्रै कार्यान्वयन गराउन सकेको खण्डमा जनताका न्यूनतम अधिकार कार्यान्वयन हुने सांसद सिटौलाले उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रमा सबैलाई आफ्ना माग राख्ने अधिकार भएको उल्लेख गर्दै देश विकासका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै