2026-09-30 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ | सांसदहरूको विरोधका कारण राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार बैठक सुरु हुनेबित्तिकै भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक बुधबारम्मका लागि स्थगित भएको हो।

बैठकको सुरुमै आकस्मिक समय माग गर्दै राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री स्वयं उपस्थित भएर उक्त अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गरे। उनले नेपाल-भारत सीमा विवादलाई अन्त्य गर्न पहल गर्नुपर्नेमा उल्टै नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल र नेपालीमाथि ठूलो दुर्भाग्य भएको बताए।

त्यस्तै अन्य सदस्यहरूले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेका थिए। आकस्मिक समयपछि सदस्यहरूले उभिएर विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले कार्यसूचीलाई अघि बढाउन सहयोगको आग्रह गरेका थिए। तर राष्ट्रिय सभा सदस्यहरूले निरन्तर विरोध जनाएपछि अध्यक्ष दाहालले बुधबारसम्मका लागि बैठक स्थगित गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री