2026-10-20 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ | सांसदहरूको विरोधका कारण राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार बैठक सुरु हुनेबित्तिकै भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक बुधबारम्मका लागि स्थगित भएको हो।

बैठकको सुरुमै आकस्मिक समय माग गर्दै राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री स्वयं उपस्थित भएर उक्त अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गरे। उनले नेपाल-भारत सीमा विवादलाई अन्त्य गर्न पहल गर्नुपर्नेमा उल्टै नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल र नेपालीमाथि ठूलो दुर्भाग्य भएको बताए।

त्यस्तै अन्य सदस्यहरूले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेका थिए। आकस्मिक समयपछि सदस्यहरूले उभिएर विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले कार्यसूचीलाई अघि बढाउन सहयोगको आग्रह गरेका थिए। तर राष्ट्रिय सभा सदस्यहरूले निरन्तर विरोध जनाएपछि अध्यक्ष दाहालले बुधबारसम्मका लागि बैठक स्थगित गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ