2026-09-30 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक

काठमाडौँ | मंगलबारलाई बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयको डेढ घण्टा बितिसक्दा पनि शुरू हुन सकेको छैन । मंगलबार दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो २:४० सम्म पनि बस्न सकेको छैन । सभामुख डोलप्रसाद अर्याल बैठक सञ्चालनका लागि आन्तरिक छलफलमा छन् । उनले सत्तापक्ष र प्रतिपक्षसँग परामर्श गरिरहेका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद्‌मा बोलेको सीमा विवाद सम्बन्धी विषयमा माफी नमागेसम्म सदन चल्न नदिने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति राष्ट्रहित र राष्ट्रिय स्वाधीनताविरुद्ध रहेको भन्दै विपक्षी दलले विरोध गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । बालेनको अभिव्यक्तिका विषयमा सडकदेखि सदनसम्म आलोचना र विरोध भइरहेको छ ।

सोमबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन । सभामुख अर्यालले आज मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । विपक्षी दलको अवरोधका कारण मंगलबारको राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री