३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’

१४ बैशाख २०८२, आईतवार १७:२५

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले संविधानको मर्मअनुसार जनताका पक्षमा कानुन बनाउने विषयमा सरकार सचेत रहेको प्रष्ट पार्नुभएको छ । बैठकको विशेष समयमा दलीय आधारमा धारणा राख्दै उहाँले निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐन यथाशीघ्र अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “सबै दल मिलेर संविधानबमोजिम कानुन निर्माण सक्नुपर्ने हो, तर हामी एकले अर्कालाई दोषमात्रै लगाउँदै आएका छौँ, यो एउटा संस्कार जस्तै भएको छ । अब देशको विकासका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्ने बेला आएको छ ।”

सांसद शेर्पाले सबै राजनीतिक दलले आफू सत्तामा हुँदा सबै ठीक देख्ने र नहुँदा बेठीक देख्ने संस्कारको अन्त्य गर्नुपर्ने बताउँदै विद्यालय शिक्षक ऐन जारी गर्ने सम्बन्धमा सबैको सहमति हुनुपर्नेमा जोड दिनुभयो । आत्मकेन्द्रित राजनीतिक प्रणालीलाई निरुत्साही गर्दै संस्थागत राजनीतिका रूपमा विकास गर्न आपसी सहकार्य र समन्वय आवश्यक पर्ने उहाँको भनाइ छ ।

“शिक्षा ऐनका सम्बन्धमा प्रदर्शनरत शिक्षक र सरकार दुवै पक्षबीच छलफल र वार्ताका माध्यमबाट समाधान खोज्नुपर्छ । हामीले शिक्षकका सबै माग पूरा गर्दा राज्यको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्नेतर्फ सबै सचेत हुनुपर्छ”, सांसद शेर्पाले भन्नुभयो । सरकारले शिक्षकका सबै माग पूरा गर्ने हो भने देशले करिब रु दुई खर्ब आर्थिक भार व्यहोर्नुपर्ने जनाउँदै उहाँले भन्नुभयो, “त्यसैमाथि देशको अर्थतन्त्र त्यति राम्रो छैन, राम्रोसँग कर उठेको छैन, हामीले अहिले बनाइरहेको ऋणात्मक बजेटले देशका लागि कस्तो प्रभाव पार्छ, त्यसबारेमा पनि सोच्न जरुरी छ ।”

टीकाटिप्पणी मात्रै गर्नेभन्दा पनि सरकारले गरेका राम्रा कामलाई जनतासम्म पुर्‍याउनुपर्ने उहाँको भनाइ छ । सांसद शेर्पाले भ्रष्टाचार अन्त्य गर्ने विषय गम्भीर र चुनौतीपूर्ण भएको बताउँदै भ्रष्टाचार रोक्नका लागि सबैभन्दा पहिला काम गर्ने प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली