३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–बुटवल सडक समयमै निर्माण गर्न माग

१६ बैशाख २०८२, मंगलवार १५:४७

काठमाडौँ | सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

“सडक निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाई भएको छ”, सांसद सिंहले भन्नुभयो ।

यस्तै सांसद प्रभु साहले सरकारी बजेट प्रयोग गर्ने प्रतिष्ठान र सङ्घसंस्थााई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । केही सङ्घसंस्था र प्रतिष्ठान पार्टीगत र व्यक्तिगत स्वार्थमा प्रयोग भएकामा उहाँले आपत्ति व्यक्त गर्नुभयो ।

सांसदहरु देवप्रसाद तिमिल्सिना, दामोदर पौडेल र जावेदा खातुनले आन्दोलनरत शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नागिना यादवले तराई मधेसमा नाला निर्माणका क्रममा स्थानीयको घर भत्काउने काम भइरहेको उल्लेख गर्दै अदालतको आदेशलाई समेत स्थानीय प्रशासनले अटेर गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन