शंकर के.सी/सल्यान, २७ साउन । कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के.सी/सल्यान, २७ साउन । कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन

२७ श्रावण २०७४, शुक्रबार १२:३८


शंकर के.सी/सल्यान, २७ साउन । कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन भएको छ । 

कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकबाट वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन र कार्यपालिका सदस्य ठगबिर कामि सदस्य रहेको फोहोर व्यवस्थापन केन्द्र छनौट समिती गठन गरिएको हो ।

समितीलाइ बजार क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापन गरि स्वच्छ र सफा गाउँपालिका बनाउन उपयुक्त स्थानको छनौट, उक्त स्थानमा जग्गा प्राप्तीको प्रक्रिया तथा विधि र स्थायी फोहोर व्यवस्थापन केन्द्र स्थापना नहुन्जेल सम्मका लागी अस्थायी रुपमा फोहोर व्यवस्थापनका लागी शिफारिस गर्न १५ दिनको समय दिइएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनाएका छन् ।

साथै कपुरकोट बजारलाइ सफा, सुन्दर, शान्त र सुरक्षित बनाउनका लागी आवश्यक निर्णय लिनका लागी यहि आउँदो भदौको १ गते सरोकारवालाहरुको बैठक राखिएको पनि अध्यक्ष सेनले जनाएका छन् । कार्यपालिकाको बैठकले गाउँपालिका उपाध्यक्ष तिला बुढा संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हपिरलाल पुन र कार्यपालिका सदस्य भिमा बुढाथोकी सदस्य रहेको न्यायीक समिती पनि गठन गरेको छ ।

समितीले गाउँसमाजका सानातीना विवाद समाधान गर्नका लागी कार्यविधि नबने सम्म आफै कार्यविधि बनाएर लागू गर्ने छ । यस्तै गाउँटोलमा हुने विकास निर्माण र सरसफाइ अभियानमा सहयोग पु¥याउन प्रत्येक वडाहरुमा टोल विकास समिती गठन गर्न सम्बन्धीत वडा कार्यालयहरुलाइ निर्देशन दिने निर्णय भएको पनि कपुरकोट गाउँपालिकाका कार्यकारि अधिकृत रेमन्त डागीले जानकारि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु