Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका–५ घर भएका ३९ वर्षीय सम्पुर्ण केसी, ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौँ महानगरपालिका–३ बस्ने पाल्पा रम्भा गाउँपालिका–५ घर भएका ५८ वर्षीय सिरबहादुर बराल रकाठमाडौँको तार्केश्वर नगरपालिका–४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् ।

पक्राउ परेकामध्ये सम्पुर्णले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ, सुजनले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रूपैयाँ, सिरबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र सरस्वतीले यूएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सम्पुर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट, सुजनलाई काठमाडौँ महानगरपालिका–३१ बाट तथा सिरबहादुर र सरस्वतीलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।