2026-09-20 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाख शुक्ल पञ्चमी : रामानुजाचार्य जयन्ती

काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने जगद्गुरू रामानुजाचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुनुहुन्थ्यो । उहाँ श्रीवैष्णव हुनुहुन्थ्यो । उहाँको भक्ति परम्परामा धेरै प्रभाव रहेको छ । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए । तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्त्वपूर्ण शिष्य थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेख्नुभएको थियो ।

सन् १०१७ मा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरूकुदुरू भन्ने गाउँमा उहाँको जन्म भएको थियो । उहाँ विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत श्रीसम्प्रदायका आचार्य हुनुहन्थ्यो । त्यसबेला जैन धर्म र बौद्ध धर्मको प्रचारका कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा थियो । रामानुजले त्यसको सफलतापूर्वक प्रतिकार गर्नुभयो ।

रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेख्नुभएको थियो । रामानुजाचार्यले वेदान्तबाहेक सातौँ, दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाउनुभएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ ।

रामानुजले बाल्यकालको शिक्षा काञ्चीपुरम्मा प्रकाशराज नामक प्रखर विद्वान् वैदिक गुरूद्वारा वैदिक शिक्षा प्राप्त गर्नुभएको थियो । पछि उहाँ आलवन्दार यामुनाचार्यको मुख्य शिष्य हुनुभयो । रामानुजले गुरूको इच्छाअनुसार ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको टिप्पणी (व्याख्या) गर्ने सङ्कल्प लिनुभएको थियो । हिन्दू धर्मको क्रमअनुसार उहाँले गृहस्थ आश्रम त्यागेर श्रीरङ्गम रहेका यतीराज नामक सन्यासीसँग सन्यास आश्रमको दीक्षा प्राप्त गरी सन्यासी हुनुभएको हो ।

यसपछि उहाँको नाम यतीराज पनि रहन गयो । उहाँले मैसूर नामक स्थान रहेको श्रीरङ्गम छोडेर शालिग्राम नाम गरेको ठाउँमा गएर १२ वर्षसम्म श्रीसम्प्रदायको प्रचार गर्नुभएको थियो । वैष्णव धर्मको प्रचारका लागि समग्र भारत हुँदै नेपालको मुक्तिनाथसम्म उहाँ आउनुभएको थियो । सन् ११३७ मा एक सय २० वर्षको उमेरमा उहाँ ब्रह्मलीन हुनुभयो ।

रामानुजाचार्यले धेरै ग्रन्थको रचना गर्नुभएको छभने ब्रह्मसूत्रमाथि लेखिएका दुई मुख्य ग्रन्थ श्रीभाष्यम् र वेदान्त सङग्रह निकै लोकप्रिय छन् । रामानुजाचार्यको दर्शनमा सत्ता अथवा परमसत्को सम्बन्धमा तीन स्तर मानिएको छ । ब्रह्म अर्थात् ईश्वर, चित् अर्थात् तत्व र अचित् अर्थात् प्रकृति तत्व । वस्तुतः यी चित् अर्थात् आत्म तत्व तथा अचित् अर्थात् प्रकृति तत्व ब्रह्म अथवा ईश्वरदेखि भिन्न होइन । यी विशिष्ट रूपले ब्रह्म (ईश्वर)को नै दुई स्वरूप हो यस्तै ब्रह्म अथवा ईश्वरमा नै आधारित छ । यसलाई नै रामनुजाचार्यको विशिष्टाद्वैतको सिद्धान्त भनिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो