2026-09-30 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे

काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्। पार्टीले सञ्चालन गरेको जरा अभियानअन्तर्गत क्रियाशील सदस्यता नयाँ अभिलेखीकरण तथा नवीकरण कार्यक्रमलाई कास्कीमा सुरू गर्दै उनले भने, ‘पार्टीलाई प्रविधिमैत्री वनाउँदै सवै कार्यपद्धतीलाई डिजिटलाइज्ड गर्न आवश्यक छ। समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ।’

यस अभियानको सिलसिलामा पार्टीका प्रवक्ता चालिसेले आफ्नो गृह जिल्ला कास्कीको पोखरा महानगरपालिका वडा नं ८ मा पुगेर आफ्नो क्रियाशील सदस्यता नवीकरण गरेका छन्। सदस्यता नवीकरण कार्यक्रमको औपचारिक सुरूवात गर्दै प्रवक्ता चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउने बताएका हुन्। परम्परागत तरिकाले सञ्चालन हुँदै आएको पार्टी प्रक्रियालाई अब डिजिटल युग अनुसार रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।

सदस्यता व्यवस्थापन, अभिलेखीकरण, आन्तरिक सञ्चार र निर्णय प्रक्रियालाई डिजिटल बनाउन सके पार्टी थप चुस्त, पारदर्शी र प्रभावकारी हुने उनको भनाइ छ।

‘पार्टीको यो अभियान सुधारको अभियान हो, यो अभियान पार्टीको जीवनसँग जोडिएको छ, यसमा राजनीतिक विवाद गरिरहनु पर्ने कुनै आवश्यकता छैन,’ उनले भने। नेपाली कांग्रेसले हाल देशव्यापी रूपमा सञ्चालन गरिरहेको ‘जरा अभियान’को मुख्य लक्ष्य पार्टीको आधारभूत तहलाई बलियो बनाउनु रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री