2026-10-20 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे

काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्। पार्टीले सञ्चालन गरेको जरा अभियानअन्तर्गत क्रियाशील सदस्यता नयाँ अभिलेखीकरण तथा नवीकरण कार्यक्रमलाई कास्कीमा सुरू गर्दै उनले भने, ‘पार्टीलाई प्रविधिमैत्री वनाउँदै सवै कार्यपद्धतीलाई डिजिटलाइज्ड गर्न आवश्यक छ। समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ।’

यस अभियानको सिलसिलामा पार्टीका प्रवक्ता चालिसेले आफ्नो गृह जिल्ला कास्कीको पोखरा महानगरपालिका वडा नं ८ मा पुगेर आफ्नो क्रियाशील सदस्यता नवीकरण गरेका छन्। सदस्यता नवीकरण कार्यक्रमको औपचारिक सुरूवात गर्दै प्रवक्ता चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउने बताएका हुन्। परम्परागत तरिकाले सञ्चालन हुँदै आएको पार्टी प्रक्रियालाई अब डिजिटल युग अनुसार रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।

सदस्यता व्यवस्थापन, अभिलेखीकरण, आन्तरिक सञ्चार र निर्णय प्रक्रियालाई डिजिटल बनाउन सके पार्टी थप चुस्त, पारदर्शी र प्रभावकारी हुने उनको भनाइ छ।

‘पार्टीको यो अभियान सुधारको अभियान हो, यो अभियान पार्टीको जीवनसँग जोडिएको छ, यसमा राजनीतिक विवाद गरिरहनु पर्ने कुनै आवश्यकता छैन,’ उनले भने। नेपाली कांग्रेसले हाल देशव्यापी रूपमा सञ्चालन गरिरहेको ‘जरा अभियान’को मुख्य लक्ष्य पार्टीको आधारभूत तहलाई बलियो बनाउनु रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ