२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्व कीर्तिमान कायम गर्दै ‘लन्डन म्याराथन–२०२५’

२०८२, २३ बैशाख मंगलवार १२:४८

काठमाडौँ | हालसम्मकै धेरै सहभागीले दौड पूरा गरेर विश्व कीर्तिमान कायम गरेको लन्डन म्याराथनले आगामी वर्ष सन् २०२६ को दौडका लागि अर्को विश्व कीर्तिमानी कायम गरेको छ ।

यस वर्ष निर्धारित ४२ किमी दूरी हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६४० जनाले पूरा गरेर नयाँ कीर्तिमान बनेको केही दिन नबित्दै आगामी वर्षको लन्डन म्याराथनमा सहभागिता जनाउन चाहनेहरुको सङ्ख्याले नयाँ कीर्तिमानी कायम गरेको आयोजक लन्डन म्याराथन इभेन्ट्सका प्रमुख कार्यकारी ह्यू ब्राशरले बताए ।

आगामी वर्षका लागि गत शुक्रबार आवेदन दिन सकिने अन्तिम दिन ११ लाख ३३ हजार ८१३ जनाले नाम दर्ता गराएका छन् । हालै सम्पन्न म्याराथनमा विश्वभरबाट आठ लाख ४० हजार ३१८ जनाले सहभागिताका लागि नाम दर्ता गरेका थिए । त्यसमध्ये १०० भन्दा बढी नेपाली सहभागी थिए ।

आफ्नै कीर्तिमानी तोड्दै ‘गोल्डेन गर्ल ’

लन्डन म्याराथनमा सहभागीमध्येकी एक थिइन्, नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठ । नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ का नामले परिचित उनले पहिलो पटक लन्डन म्याराथनमा सहभागिता जनाउँदै नयाँ कीर्तिमान कायम गरिन् । श्रेष्ठले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरिन् ।

सन्तोषीलाई लन्डन म्याराथनमा दौडिन लाग्दा आफू भीडमै हराएर अल्मलिएको र बाटो नपाएको जस्तो अनुभव भएको थियो । सयौँ धावकसँग दौडिएको अनुभव भए पनि लाखौँको भीडमा पहिलो पटक दौडिँदा अत्यास लागेको उनले बताइन् । उनले भनिन्, “सुरुमा त बेकार आएछु । आफ्नै रेकर्ड सुधार गर्ने लक्ष्य पूरा नहुने भयो भन्ने लागेको थियो ।”

सुरुका एक घण्टा आफू अन्योलमै परेको र त्यसपछि प्रदर्शन राम्रो भएको उनले बताइन् । “जति मानिस भए पनि मैले मेरो काम पूरा गर्नुपर्छ, मेरो र देशको नामका लागि मैले राम्ररी दौड पूरा गर्नुपर्छ भन्ने लागेर सम्हालिएर दौडिएँ”, उनले भनिन् ।

सन्तोषीले पहिलो पटक पेरिस ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाउँदाको क्षण स्मरण गरिन् । ती दुई म्याराथनको अनुभव आकाश पातालको फरक रहेको उनले सुनाइन् ।

लन्डन म्याराथनको ‘फिनिस लाइन’ पूरा गर्ने बेला ‘ट्र्याक’ पाउनसमेत कठिन भएको उनको अनुभव रह्यो । तर, दौड पूरा गर्ने बेलामा आयोजकले आफ्नो नाम लिँदै राष्ट्रिय कीर्तिमान तोडिएको सुनाउँदा भने आफू खुसीले स्तब्ध भएको बताइन् । “विश्वका लाखौँ मानिस सहभागी प्रतियोगितामा आफ्नो र देशको नाम सुन्दा गर्वले छाती ढुक्क फुलेको क्षणको वर्णन गर्ने शब्द नै छैन,” उहाँले भनिन् ।

सन् २०२४ मा बङ्गबन्धु अन्तरराष्ट्रिय म्यारथनमा सन्तोषीले ढाकामा २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्णसहित नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । पुष्पा भण्डारीका नाममा रहेको २ घण्टा ४८ मिनेटको राष्ट्रिय कीर्तिमान तोडेकी सन्तोषीलाई पहिलो म्याराथनको त्यही कीर्तिमानी प्रदर्शनले पेरिस ओलम्पिकको ढोका खोलेको थियो ।

पेरिस ओलम्पिकमा निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरेकी सन्तोषी २८ वर्षपछि ओलम्पिकको महिला म्याराथनमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी थिइन् । पेरिस ओलम्पिकसँग लन्डन ओलम्पिकको तुलना गर्दै सन्तोषीले भनिन्, “हरेक खेलाडीलाई जस्तै मलाई पनि ओलम्पियन हुन पाए भन्ने हुन्थ्यो । त्यो प्राप्त गरेँ । “नेपाल रन युके’को सहयागले लन्डन म्याराथन पनि दौडिन पाएँ, यो नितान्त फरक अनुभव हो ।”

विश्वका सबै ठूला म्याराथनमा सहभागी भई नयाँ पुस्तालाई प्रेरणा दिने र विभागीय टोलीमा आबद्ध नभए पनि खेलकुदमा केही गर्न सकिन्छ भन्ने सन्देश दिने चाहना उनको छ । सन् २०१९ मा काठमाडौँमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)बाट पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी सन्तोषीले १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन् । भारतकी खेलाडीलाई १० मिली सेकेन्डले उछिनेर उनले स्वर्ण उचाल्नु पहिले नेपाली महिलाले एथ्लेटिक्समा अन्तरराष्ट्रिय स्वर्ण जितेको थिएन ।

उनले राष्ट्रियस्तरका दर्जनौँ म्याराथनमा उपाधि जितेकी छन् । नेपाल रन युकेको आर्थिक सहयोगमा लन्डन म्याराथनमा दौडिएर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी सन्तोषीले नेपाली फर्किनु अघि रासससँग भनिन्, “लन्डन म्याराथनका विजेताहरुलगायत धेरै अन्तरराष्ट्रिय धावक र प्रशिक्षकहरुसँग भेट भयो कुराकानी भयो । तिमीले धेरै सुधार गर्न सक्छौ भनेर सबैले प्रोत्साहन दिनुभयो । यो नै मेरा लागि ठूलो सफलता हो ।”

नेपाल रन युकेका संस्थापक सन्तोष राईले पनि नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् । उनले दुई घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरे । नेपाल रन युकेको संयोजनमा भाग लिएका सबै ९६ जनाले निर्धारित दूरी पूरा गरेका थिए । तर नेपाल रन युकेको संयोजनबाहेक पनि नेपालीहरु लन्डन म्याराथनमा सहभागी भएका थिए ।

यस वर्षको लन्डन म्याराथनमा पुरुषतर्फ केन्याका सबस्टियन सावे २ घण्टा २ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै उपाधि विजेता बने भने इथियोपियाकी टिस्ट आसिफाले २ घण्टा १५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै विजेता बनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला