३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीति तथा कार्यक्रममाथिको छलफल जारी

२४ बैशाख २०८२, बुधबार १४:३२

काठमाडौँ | सङ्घीय संसद्को प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज पनि दलीय आधारमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहनुभएको छ ।

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले स्रोत सुनिश्चित भएर मात्रै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक कृषि प्रधान देश भए पनि आत्मनिर्भर बन्न नसकेको हुँदा सरकारले आगामी दिनमा आत्मनिर्भर बनाउन प्रयास गर्नुपर्ने बताउनुभयो । गैरआवासीय नेपाली (एनआरएनए)को दोहोरो नागरिकता, बसोबास, सम्पति राख्नेलगायत विषयमा सरकारले छुट्टै नीति ल्याउनुपर्ने उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पाटी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अगाडि बढ्न नसकिने भएकाले यी विषयवस्तुमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले देशको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा जानुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजना अलपत्र भएकाले यसलाई व्यवस्थित गराउँदै लानुपर्ने माग गर्नुभयो ।

सांसद रायले नेपाली जनताले अहिले पनि खानेपानीको समस्या भोगिरहेका भन्दै सरकारले शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने जोड दिनुभयो । उहाँले सरकारले कृषि क्षेत्रको विकासलाई १० प्रतिशत बजेट छुट्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली