३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

२५ बैशाख २०८२, बिहीबार १७:१५

कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप हुँदा दुई सुरक्षा अधिकारीहरू घाइते भएका थिए । सावधानी अपनाउनको लागि ‘फायर अलार्म’ बजाइएको थियो । न्यूयोर्क प्रहरीले साँझ ६ बजेतिर कोलम्बिया विश्वविद्यालयमा प्रवेश गरी पक्राउ गरेको जनाएको छ । सन २०२४ अप्रिलमा भएको प्रदर्शनपछि कोलम्बिया विश्वविद्यालयमा भएको सबैभन्दा महत्त्वपूर्ण विरोध प्रदर्शन हो ।

यस हप्ताको सुरुमा कोलम्बिया विश्वविद्यालयका कर्मचारीहरूले अमेरिकी सुरक्षा विभागले तीन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थुनामा राखेको विरोधमा निगरानी गर्दै बन्दीहरूलाई रिहा नगरेसम्म निगरानी जारी राख्ने प्रतिवद्धता गरेका थिए ।

शैक्षिक गतिविधिहरूमा अवरोध नसहने उल्लेख गर्दै विश्वविद्यालयका कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले एक विज्ञप्ति जारी गर्नुभएको छ । न्यूयोर्क शहरका अधिकारीहरूले तथा न्यूयोर्क शहरका मेयर एरिक एडम्सले प्रदर्शन प्रति आपत्ति जनाउदै प्रदर्शनकारीलाई कानुनी दायरामा ल्याइने बताउनुभएको थियो ।

सामाजिक सञ्जाल मार्फत एडम्सले कुनै पनि हिंसा सहन नसकिने बताउँदै प्रदर्शनकारीहरूलाई तुरुन्तै क्याम्पसबाट बाहिर निस्कन आह्वान गर्नुभएको छ । उहाँले निर्देशन उपर अटेर गरिएमा उनीहरूलाई पक्राउ गरिने जनाउनुभएको छ । समय समयमा विरोध प्रदर्शन भई रहने यो विश्वविद्यालयमा अप्रिल २०२४ मा विश्वविद्यालयमा भएको ठूलो विरोधका कारण १०० भन्दा बढी विदार्थी पक्राउ परेका थिए ।

मार्चमा ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदी विरोधी गतिबिधि रोक्न असफल भएको उल्लेख गर्दै कोलम्बिया विश्वविद्यालयबाट ४० लाख अमेरिकी डलरको संघीय कोष पनि फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो