१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मध्यरातमा पाकिस्तानी सेनाले पूरै पश्चिमी सीमामा आक्रमण गरेको: भारतीय सेना

२६ बैशाख २०८२, शुक्रबार ११:२८

काठमाडौँ । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई)ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले पूरै पश्चिमी सीमामा आक्रमण गरेको जनाएको छ ।

भारतीय सेनाको एडीजी पीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो सेयर गर्दै लेखिएको छ, “पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा पूरै पश्चिमी सीमामा ड्रोन र अरू हतियारहरू प्रयोग गरेर कैयौँ आक्रमण गर्‍यो । पाकिस्तानी सैनिकले जम्मू र कश्मीरमा नियन्त्रण रेखामा धेरैपटक युद्धविरामको पनि उल्लंघन गरे ।” भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको जनाएको छ ।

श्रीनगरमा रहेका बीबीसी संवाददाता मजिद जहाँगीरका अनुसार, बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलाबारी भएको थियो । र, सीमानजिकैका मानव बस्तीलाई निसाना बनाइएको थियो । जम्मू–कश्मीरको राजौरीमा रहेकी बीबीसी संवाददाता दिव्या आर्यले त्यति बेला त्यहाँ पूर्ण रूपमा ‘ब्ल्याकआउट’ गरिएको बताइन् ।

मे ८ मा जम्मू–कश्मीरमा विस्फोट र विद्युत् अवरुद्ध भएको रिपोर्टको केही समयपछि बीबीसीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफसँग कुरा गरेको थियो । कुराकानीका त्रक्रममा ख्वाजा आसिफले जम्मू–कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका थिए । बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ