2026-09-26 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाका मध्यस्थकर्तासँग हमास नेतृत्वको भेट, प्रगति हुन सकेन

हमासको एक प्रतिनिधिमण्डलले यसै साता दोहामा इजिप्ट र कतारी मध्यस्थकर्तासँग दुई पटक बैठक गरे पनि गाजामा युद्धविरामको बिषयमा कुनै प्रगति नभएको समूहनिकट स्रोतले शुक्रबार जनाएको छ ।

“इजिप्टका अधिकारीहरूले बुधबार र बिहीबार दोहामा प्रमुख मध्यस्थकर्ता खलिल अल–हया र कतारी अधिकारीहरूको नेतृत्वमा हमासको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग दुईपटक भेटवार्ता गरेका थिए,’ एक स्रोतले एएफपीसँग भनेको छ ।

दोस्रो स्रोतले वार्ता ‘गम्भीर’ भएको तर ठोस प्रगति नभएको बताएको छ ।

दुई महिना लामो युद्धविरामको अन्त्य गर्दै इजरायली सेनाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो । युद्धविरामका क्रममा युद्धग्रस्त क्षेत्रमा सहायतामा वृद्धि भएको थियो र प्यालेस्टिनी कैदीहरूको बदलामा दर्जनौँ इजरायली बन्धकहरूको रिहाई भएको थियो।

इजरायलले सोमबार आफ्नो सैन्य अभियान विस्तार गर्ने योजनाको घोषणा गरेपछि अन्तर्राष्ट्रिय आलोचना भएको थियो ।

इजरायली सेनाले सुरक्षा क्याबिनेटले आइतबार स्वीकृत गरेको विस्तारित कारबाहीमा गाजाको अधिकांश जनसङ्ख्यालाई विस्थापित गर्ने बताएको छ ।

इजरायली सुरक्षा स्रोतका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे १३ देखि १६ सम्म हुने यस क्षेत्रको भ्रमणसँग मेल खाने गरी बन्धक मुक्त गर्ने सम्झौताका लागि अझै ‘अवसरको ढोका’ बाँकी छ ।

हमासनिकट एक स्रोतले शुक्रबार एएफपीलाई भने, “हामी त्यतिबेलासम्म सम्झौता हुने अपेक्षा गर्दैनौं।”

प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूसँग ४५ दिनको युद्धविराम र इजरायलले मार्च २ मा गाजामा लगाएको विनाशकारी सहायता नाकावन्दीलाई खुकुलो पार्ने इजरायली प्रस्तावलाई हमासले अस्वीकार गरेपछि यो टिप्पणी आएको हो।

हमासका वरिष्ठ अधिकारी बासेम नईमले बुधबार एएफपीसँग कुरा गर्दै समूहले युद्ध अन्त्यका लागि ‘विस्तृत सम्झौता’ मा जोड दिएको बताउनुभयो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धका क्रममा गाजाका २४ लाख मानिस कुनै न कुनै अवस्थामा लगभग एक पटक विस्थापित भएका छन् ।

यस आक्रमणमा इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको एएफपीले आधिकारिक तथ्याङ्कमा उल्लेख गरेको छ ।

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ५२ हजार ७६० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह