३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाका मध्यस्थकर्तासँग हमास नेतृत्वको भेट, प्रगति हुन सकेन

२६ बैशाख २०८२, शुक्रबार १७:२१

हमासको एक प्रतिनिधिमण्डलले यसै साता दोहामा इजिप्ट र कतारी मध्यस्थकर्तासँग दुई पटक बैठक गरे पनि गाजामा युद्धविरामको बिषयमा कुनै प्रगति नभएको समूहनिकट स्रोतले शुक्रबार जनाएको छ ।

“इजिप्टका अधिकारीहरूले बुधबार र बिहीबार दोहामा प्रमुख मध्यस्थकर्ता खलिल अल–हया र कतारी अधिकारीहरूको नेतृत्वमा हमासको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग दुईपटक भेटवार्ता गरेका थिए,’ एक स्रोतले एएफपीसँग भनेको छ ।

दोस्रो स्रोतले वार्ता ‘गम्भीर’ भएको तर ठोस प्रगति नभएको बताएको छ ।

दुई महिना लामो युद्धविरामको अन्त्य गर्दै इजरायली सेनाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो । युद्धविरामका क्रममा युद्धग्रस्त क्षेत्रमा सहायतामा वृद्धि भएको थियो र प्यालेस्टिनी कैदीहरूको बदलामा दर्जनौँ इजरायली बन्धकहरूको रिहाई भएको थियो।

इजरायलले सोमबार आफ्नो सैन्य अभियान विस्तार गर्ने योजनाको घोषणा गरेपछि अन्तर्राष्ट्रिय आलोचना भएको थियो ।

इजरायली सेनाले सुरक्षा क्याबिनेटले आइतबार स्वीकृत गरेको विस्तारित कारबाहीमा गाजाको अधिकांश जनसङ्ख्यालाई विस्थापित गर्ने बताएको छ ।

इजरायली सुरक्षा स्रोतका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे १३ देखि १६ सम्म हुने यस क्षेत्रको भ्रमणसँग मेल खाने गरी बन्धक मुक्त गर्ने सम्झौताका लागि अझै ‘अवसरको ढोका’ बाँकी छ ।

हमासनिकट एक स्रोतले शुक्रबार एएफपीलाई भने, “हामी त्यतिबेलासम्म सम्झौता हुने अपेक्षा गर्दैनौं।”

प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूसँग ४५ दिनको युद्धविराम र इजरायलले मार्च २ मा गाजामा लगाएको विनाशकारी सहायता नाकावन्दीलाई खुकुलो पार्ने इजरायली प्रस्तावलाई हमासले अस्वीकार गरेपछि यो टिप्पणी आएको हो।

हमासका वरिष्ठ अधिकारी बासेम नईमले बुधबार एएफपीसँग कुरा गर्दै समूहले युद्ध अन्त्यका लागि ‘विस्तृत सम्झौता’ मा जोड दिएको बताउनुभयो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धका क्रममा गाजाका २४ लाख मानिस कुनै न कुनै अवस्थामा लगभग एक पटक विस्थापित भएका छन् ।

यस आक्रमणमा इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको एएफपीले आधिकारिक तथ्याङ्कमा उल्लेख गरेको छ ।

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ५२ हजार ७६० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली