३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टेस्ट क्रिकेटबाट कोहलीको सन्यास भन्छन-‘टेस्ट क्रिकेटले मलाई परीक्षण,सुधार गर्‍यो र जीवनभर सम्झने पाठ सिकायो

२९ बैशाख २०८२, सोमबार १४:००

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। कोहलीले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन्। विराट कोहलीले १२३ टेस्ट खेल खेलेका छन् र २१० इनिङमा ४६.८५ को औसतमा ९२३० रन बनाएका छन्। उनको उच्चतम स्कोर २५४ रन (नटआउट) हो। कोहलीले टेस्ट क्रिकेटमा ३० शतक बनाएका छन् र उनको नाममा ३१ अर्धशतक पनि छ। कोहलीले इन्स्टाग्राममा आफ्नो सन्यासको घोषणा गरेका छन्।

उनले आफ्नो पोस्टमा लेखेका छन् , “१४ वर्षअघि मैले पहिलो पटक टेस्ट क्रिकेटको लागि ब्यागी ब्लू लगाएको थिएँ। इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यस (टेस्ट) ढाँचामा मेरो यात्रा यस्तो हुनेछ। यसले मलाई परीक्षण गर्‍यो, मलाई सुधार गर्‍यो र मलाई जीवनभर सम्झने पाठ सिकायो।”
उनले लेखेका छन्, “सेतो जर्सीमा खेल्नु व्यक्तिगत रूपमा मेरो लागि विशेष रह्यो। लामो दिन र साना क्षणहरू जुन कसैले देख्न सक्दैन, तर सधैंभरि तपाईंसँगै रहनेछन्।”

कोहलीले पोस्टमा लेखेका छन्, “यो ढाँचाबाट अलग हुनु मेरो लागि सजिलो छैन – तर यो (निर्णय) मलाई सही लाग्छ। मैले यो (टेस्ट) मा मेरो सबै थोक दिएँ, र यसले मलाई आशा गरेको भन्दा बढी दियो।” उनले खेलप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको लेखेका छन्।

उनले भने कि उनी मैदानमा रहेका सबै मानिसहरू र यस यात्रामा आफूसँगै रहेका सबैलाई पनि आभारी छन्। विराटले अन्तमा लेखे, “म मेरो टेस्ट करियरलाई सधैं खुशीका साथ फर्केर हेर्नेछु।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली