२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कपाल प्रत्यारोपण गराउन खोज्दा ज्यानै गुमाए

२९ बैशाख २०८२, सोमबार १६:२८

काठमाडौँ । कपाल प्रत्यारोपण गर्ने क्रममा भारतमा एक सरकारी इन्जिनियरको ज्यान गएको छ । उत्तर प्रदेशको कानपुर निवासी ३७ वर्षीय विनीत कुमार दुवेले कपाल प्रत्यारोपण गर्न खोज्दा ज्यानै गुमाएका हुन् । टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार घटना दुई महिना अगाडिको भएपनि भर्खरै मात्र प्रहरीमा उजुरी परेपछि घटनाले चर्चा पाएको छ । ३७ वर्षीय बिनित कानपुरस्थित पन्की पावर प्लान्टमा सहायक इन्जिनियरका रुपमा कार्यरत थिए । उनी पत्नी र दुई बच्चासहित कम्पनीको अफिसर कोलोनीमा बस्दै आएका थिए ।

गत मार्च ११ मा उनकी पत्नी जया त्रिपाठी बच्चाहरु लिएर होली मनाउनका लागि गोण्डास्थित माइतीघरमा गइन् । घरमा पत्नी आउँदा सरप्राइज दिन भन्दै मार्च १३ मा विनीत कपाल प्रत्यारोपण गर्न कानपुरकै एक क्लिनिकमा गए । जुन अनुष्का तिवारी नामकी एमबीबीएस डाक्टरले चलाउँदै आएकी थिइन् । अनुष्काले कपाल प्रत्यारोपणका लागि नदुख्ने सुई दिनेबित्तिकै विनीतको अनुहार सुन्निएर आयो । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारमा लागि अस्पताल भर्ना गरियो । कानपुरकै रिजेन्सी अस्पतालमा उपचारका क्रममा बिनितको मृत्यु भयो ।

घटना भएको दुई महिनापछि पत्नी जयाले डाक्टर अनुष्काविरुद्ध शनिबार रावतपुर प्रहरी स्टेसनमा उजुरी दर्ता गराएकी छिन् । पत्नी जयाका अनुसार उनलाई मार्च १४ मा अन्जान नम्बरबाट कल आएको थियो । ‘विनीतको अनुहार सुन्निएको छ, उसलाई अस्पताल भर्ना गरिएको छ’ भन्नेबित्तिकै फोन काटियो । जयाले फेरि त्यो नम्बरमा फोन गर्ने प्रयास गरिन् तर लागेन । कपाल प्रत्यारोपण गर्ने क्लिनिकका डाक्टरको पनि उनीसँग नम्बर थियो, त्यसमा फोन गरिन्, त्यो पनि स्वीचअफ थियो । त्यसपछि उनले कानपुरमा रहेका काकालाई यसबारे जानकारी गराइन् । उनीहरू गएर बुझ्दा विनीतको अवस्था गम्भीर भइसकेको थियो । भोलिपल्ट उनको मृत्यु भयो ।

लापरवाहीपूर्ण उपचारका कारण पतिको ज्यान गएको भन्दै उनले एफआरआई दर्ता गराएकी छिन् । जयाको उजुरीपछि प्रहरीले आरोपी डाक्टरविरुद्ध लापरवाहीपूर्ण उपचारबाट मृत्यु भएको भन्ने कसुरमा मुद्दा दर्ता गरेको छ ।

कपाल झरेर तालु भएका व्यक्तिका लागि आजकाल कपाल प्रत्यारोपणको राम्रो विकल्प छ । हामी कपाल प्रत्यारोपणबारे मिडिया तथा सामाजिक सञ्जालतिर अनगिन्ती विज्ञापन आइरहेको देख्न सक्छौँ । कपाल प्रत्यारोपण कस्तो ठाउँमा गराउने अनि कस्ता विशेषज्ञसँग गराउने भन्ने कुरा राम्रो जानकारी लिएर मात्रै सेवा लिनुपर्छ भन्ने कुरा भारतको एक घटनाले पाठ सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य