२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो: भारतीय सेना

२९ बैशाख २०८२, सोमबार १६:४३

काठमाडौँ । भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणलाई विफल पारेको दाबी गरेको छ। आज ‘अपरेशन सिन्दूर’बारे भारतीय सेनाको प्रेस ब्रिफिङमा यस्तो दाबी गरिएको हो।

वायु सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको बताए। उनले भने, ‘हाम्रो तर्फ वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको थियो र शत्रुलाई यसमा प्रवेश गर्न असम्भव भयो।’एयर मार्शल एके भारतीले भारतको वायु रक्षा प्रणालीले पाकिस्तानले प्रहार गरेको ड्रोन र अन्य हतियारहरूलाई खसालेको बताए। उनले चिनियाँ निर्मित मिसाइल पीएल–१५ को पनि उल्लेख गरे। उनले पाकिस्तानले चिनियाँ मिसाइल पीएल–१५ को प्रयोग गरेको बताए।

एयर मार्शल एके भारतीले पाकिस्तानले भारतमाथि आक्रमणमा प्रयोग गरिएका चीनको पीएल–१५ मिसाइलको नष्ट गरेको दाबी गरे । एयर मार्शल एके भारतीले भने,‘हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो। त्यसैले मे ७ मा हामीले आतंकवादी लुक्ने ठाउँहरूमा मात्र आक्रमण गर्‍यौँ।’ उनले थप भने,‘तर दुर्भाग्यवश पाकिस्तानी सेनाले आतंककारीहरूलाई समर्थन गर्नु उचित ठाने र यो लडाइँलाई आफ्नै लडाई बनाए। यस अवस्थामा, हाम्रो बदला लिने कारबाही अत्यन्त आवश्यक थियो। यसमा उनीहरूले जे पनि क्षति बेहोरेको छ त्यसको जिम्मेवार उनीहरू आफैँ हुन्।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली