२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा विषादीयुक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु

३० बैशाख २०८२, मंगलवार १२:४६

काठमाडौँ । भारतमा विषाक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु भएको छ। पञ्जाबमा प्रहरीका अधिकारीहरूले अमृतसर जिल्लामा विषादीयुक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु भएको हो । त्यसका साथै ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरको मजीठामा यो घटना भएको हो।

अमृतसरका एसएसपी मनिन्दर सिंहले भने, ‘हामीलाई हिजो राति करिब ९:३० बजे जानकारी प्राप्त भयो कि यहाँ नक्कली रक्सी सेवनका कारण मानिसहरूको मृत्यु हुन थालेको छ । हामीले तत्काल कारबाही गर्‍यौँ र मुख्य सप्लायर परबजीत सिंहसहित ४ जनालाई हिरासतमा लिएका छौँ ।’

१४ जनाको मृत्यु पुष्टि भइसकेको र ६ जना अझै अस्पतालमा उपचाररत रहेको उनले बताए । यो घटना भंगाली, पातालपुरी, मरारी कलाँ, थेरेवाल र तलवण्डी घुम्मन गाउँमा भएको हो ।

एसएसपीका अनुसार पञ्जाब सरकारले नक्कली रक्सी आपूर्तिकर्ताहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ। अमृतसरका डिप्टी कमिश्नर साक्षी एसका अनुसार स्वास्थ्य टोलीहरू ती पाँच गाउँहरूमा घर–घर गई लक्षणहरूको परीक्षण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली