भदौं १, कठमाण्डौँ । वि.सं २०४८ सालमा धादिङको निलकण्ठ नगरपालिका ८ मा एक सामान्य किसान परिवारमा जन्मिएका युवा नेता हुन् ठाकुर कुमाल । 

आफ्नो बाल्यका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं १, कठमाण्डौँ । वि.सं २०४८ सालमा धादिङको निलकण्ठ नगरपालिका ८ मा एक सामान्य किसान परिवारमा जन्मिएका युवा नेता हुन् ठाकुर कुमाल । 

आफ्नो बाल्यका"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

को हुन नेपाल कुमाल समाज सुधारका महासचिव ? यस्तो छ जिवनी

१ भाद्र २०७४, बिहीबार १६:४२

भदौं १, कठमाण्डौँ । वि.सं २०४८ सालमा धादिङको निलकण्ठ नगरपालिका ८ मा एक सामान्य किसान परिवारमा जन्मिएका युवा नेता हुन् ठाकुर कुमाल । 

आफ्नो बाल्यकाल धादिङमै बिताएका कुमालले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास गरेका थिए । निलकण्ठ बहुमुखि क्यामपसबाट स्नातकसम्मको अध्ययन गरेका उनले प्राविधिक विषय सिएमए पनि अध्ययन गरेका छन् । 

प्राविधिक शिक्षा पढे पनि राजनितिमा लागेका कुमाल नेपाली कांग्रेस निकट नेता मानिन्छन् । उनी नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुन दलको निलकण्ठ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष समेत छन् । 

साथै युवाहरुको प्रतिनिधित्व गर्दै अगाडि बढेका उनी नेपाल कुमाल समाज सुधार समितिको महासचिव पनि छन् । हाल नेपाल भरका कुमालहरुको नेतृत्वदायि पदमा पुगेका उनी कुमाल जातिको उत्थान तथा विकासका लागि काम गरिरहेका छन् । यसै सन्दर्भमा कुमाल समाजमा उनको काम कर्तब्य र जिम्मेवारीका साथै उनको राजनितिक जिवनका बारेमा गरिएको कुराकानीको अंश ।

१. नेपाल कुमाल समाज सुधार समितिको महासचिव जस्तो पदमा हुनुहुन्छ, के कस्तो कामहरु गरि रहनु भएको छ ?

- कुमाल समाज सुधार समितिको महासचिव जस्तो पदमा छु । महासचिवले आफुले गनु पर्ने काम कर्तब्य र जिम्मेवारी बहन गरि राखेको छु । कुमाल जातिहरुको हक हित र अधिकारको लागि लडिरहेको छु । कुमाल जातिलाई राज्यको निर्णायक पंक्तिमा कसरी ल्याउन सकिन्छ भन्ने पक्षमा म लगायत मेरो संस्था सधैँ संघर्षरत छ । 

२. नेपाल कुमाल समाज सुधार समितिमा कसरि आवद्ध हुनु भयो? 

- पाँचौ राष्ट्रिय महाधिवेसन नवलपरासिको अरुण खोलामा भएको थियो, त्यस समय धादिङ जिल्लाले मलाई प्रतिनिधि रुपमा सिपारिस गरेर पठाएको थियो त्यस महाधिबेसनबाट केन्द्रिय सदस्य हुन सफल भए र आफनो जाति समाजको लागि केहि गर्नुपर्छ भन्ने मनमा एक किसिमको भावना जाग्यो र यस संस्थामा आवध भए ।

३. सि.एम.ए को विद्यार्थी तपाई जातिय संस्थामा किन आवद्ध हुनुभयो ? 

- म एउटा पिछडिएको समुदाएको व्यक्ति हुँ । म समाजमा नलाग्दै मेरो मनमा जे बुझाई थियो त्यो पढि रहे र स्वास्थ्यकर्मी बन्नुपर्छ भन्ने थियो र सि.एम.ए पास गरेर एक वर्ष जागिर पनि खाए र हाम्रो कुमाल समुदाय पछि परेको जाति यस जाति भित्र जहिले सम्म चेतन दिमाकले सबैलाई अगाडि बढाउन सकिदैन तब सम्म हाम्रो समुदाय कहिले अगाडि बढन् सक्दैन भन्ने कुरा मनमा लाग्यो अनि म आफनो जागिर छाडेर संस्थामा आबध भएको हुँ । 

४. जातिय संस्था समाज सेवा भन्दा पनि राजनिति गर्ने माध्यको रुपमा मानिन्छ,तपाई पनि त्यहि सोच लिएर लाग्नुभएको हो ?  

- कुमाल समुदाय बाट राजनिति अग्र मोर्चामा कोहि नभएकोले पाटिगत रुपमा पनि अगाडि बढनु पर्छ भन्ने लाग्छ मलाई त्यहि भएर नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुन दलको निलकण्ठ न.पा  वडा.न ८ अध्यक्ष समेत दिएको छ ।

५. तपाईको संस्थाले कुमालहरुको उथान्नको लागि के कस्तो कामहरु गरि राखेको छ?  

- हामी यस कुरामा नाम बाटै स्पष्ट हुन्छौँ र विभिन्न ठाँउमा छहरिएर रहेको कुमालहरुलाई एकै ठाँउमा आबध गराउन चाहन्छौ, हामिले समाज सुधार समिति नाम किन राखेको छौ भने हामि छहरिएर बसेका छउ र हाम्रो समाजले त्यसलाई एकैठाउँमा राखेर जातिय पहिचानको लागि अगाडि बढन् चाहन्छौँ । हाम्रो संथाको उद्देश्य पनि यहि हो । 

६. राज्यले कुमाल जातिको उपेक्षा गरेकै हो त ? 

- केहि मात्रामा गरेको पनि छ । तर पछिल्लो समय हामी अधिकारका लागि लडेपछि राज्य केहि सजग भएको छ । हाम्रो अधिकारहरु हामीले पाउने क्रममा छौँ तर पूर्णरुपमा पाईसकेको अवस्था भने होईन् । हामी पिछडिएको वर्गहरुलाइ खास राज्यबाट पाउनु पर्ने अधिकार सेवा सुविधाहरु नपाई राखेको अबस्था हो र पाउँनु पर्छ भन्ने माग सवल रुपमा उठाई राखेका छौँ । जब सम्म हाम्रो मागको सुनुवाई राज्यबाट हुँदैन तब सम्म हामी असन्तुष्ट रहिरनेछौँ । 

७. अन्तमा कुमाल समुदायको लागि तपाईको सन्देश के छ ? 

- अन्त्यमा म कुमाल आमा बुवा, दाजु भाई र दीदि बहिनिहरुलाई के भन्न चाहन्छु भने हामिले आफुले आफनो मुल्याङकन गर्न सकेका छैनउ नेपालमा धेरै किसिमको जातजाति बसछउ विभिन्न भासा भासि बोल्छउ आफनो सस्कृति छ त्यस भित्र पनि उत्किष्ट भाष सस्कृति भएको हाम्रो कुमाल समुदाय पनि हो त्यसलाई मुल्याङकन गर्न नसकेर पछि परेको जस्तो लाग्छ अरु सँग के छ भन्दा पनि म सँग के छ भनेर मैले पनि केहि गर्न सक्छु भने अगाडि बढयो भने हाम्रो पहिचान बचाउन सक्छौँ र हामि बाँच्न सक्छौँ भनेर अगाडि बढन अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु