इन्द्र ब बुढाथोकी/भदौ ३, सल्यान । बनगाड कुपिन्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङख्या एक हजार पाँच सय २७ पुगेको छ ।
<"/>इन्द्र ब बुढाथोकी/भदौ ३, सल्यान । बनगाड कुपिन्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङख्या एक हजार पाँच सय २७ पुगेको छ ।
<"/>इन्द्र ब बुढाथोकी/भदौ ३, सल्यान । बनगाड कुपिन्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङख्या एक हजार पाँच सय २७ पुगेको छ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि छुटेकाहरुलाई साउन १ गतेदेखि १५ गते सम्मा जिल्लामा र १६ गतेदेखि भाद्र ३ गते सम्मा नगरपालिकाको कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या उत्साहजनक रहेको कम्प्युटर अपरेट्रर बालाराम डागिले जानकारी दिएका छन ।
फोटो सहितको मतदाता नामावली दर्ता अभियान शुरु भएको २० दिन अर्थात् आज अन्तिम दिन सम्म १ हजार ५ सय २७ जनाले नाम दर्ता गरेको अपरेटर डागिले जानकारी दिए ।
उहाले भने – यो भन्दा पहिले गाउँगाउँमा फोटोसहितको मतदाता नामावली सङकलनमा जादा दुईचार जना मात्र आउने गर्थे, वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा नागरिकलाई यसको महत्व नभए पनि यस पटक भने राजनीतिक चासो नराख्ने नागरिकले पनि आफ्नो महत्वपूर्ण काम छोडेर उत्साहाका साथ नामावली वनाउन आएका छन । पछिल्लो अभियानबाट सोचे भन्दा धेरै मतदाता थपिने अपेक्षा गरिएको छ ।
जिल्लामा यसअघि भएको स्थानीय तहको निर्वाचनमा एक लाख २५ हजार २ सय ५६ जना मतदाता रहेका थिए । बनगाड कुपिन्डे नगरपालिका भित्र रहेको १२ वडा रहेको नगरपालिकामा अहिले १२ न वडा बाट भने कुनै पनि मतदाता आएका छैनन् नगरपालिका कार्यालय भन्दा सदरमुकाम खलंगा नजिक पर्ने र नगरपालिका कार्यालय टाढा भएकोले कुनै पनि मतदाता फोटो सहितको नामावली बनाउन आएका छैनन् ।