पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/ed41dad42c95ead1f262a47719e2df7f1503226517.jpg" style="width: 520px; float: left;">भदौ ४, इलाम | छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ । <br></p><p>पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शनिबार बेलुका नै शव स्काभेटरको सहयोगमा खोलाबाट बाहिर निकालिएको स्थानीय बासिन्दा विशाल भट्टराईले जानकारी दिनुभयो । </p><p>व्यापक प्रहरी परिचालन गरी खोजी तीव्र बनाइए पनि शव फेला नपरेपछि खोलाले बगाएको दुई दिनपछि नै कुशको शव बनाएर आचार्यको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको थियो । रासस </p>

