२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला

२०८२, ६ जेष्ठ सोमबार १३:३९

काठमाडौँ | मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यशालामा २० जना राष्ट्रिय चित्रकारको सहभागिता रहेको छ । कलाकारहरुले मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक सांस्कृति तथा किरात सस्कृतिसँग जोडिएका विभिन्न मिथक, बिम्बहरुलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमख सञ्जय बान्तावाले जानकारी दिनुभयो ।

कलाको माध्यमबाट यहाँको रैथाने संस्कृतिलाई समेत उजागर गर्न टेवा पुग्ने उहाँको भनाइ छ । चखेवामा पहिलो पटक हुन लागेको चित्रकला कार्यशालाले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । “चित्रकलामार्पmत यहाँको प्राकृतिकसँगै धार्मिक सांस्कृतिलाई चित्रमा उतारिने छ”, प्रमुख बान्तावाले भन्नुभयो, “बीस जना कलाकारहरुले यहाँको यो पदमार्गसँगै यहाँका सबै क्षेत्रलाई चित्रमा समावेश गर्नु हुनेछ ।”

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने लक्ष्यले राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । चित्रकला प्रदर्शनीमार्फत यहाँको प्राकृतिक धार्मिक, सांस्कृतिक रहनसहनलाई देशविदेशसम्म चिनाउन सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।

गाउँपालिकाले मुन्दुम पदमार्गको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । यो पदमार्गको विकासका लागि विभिन्न जिल्लाका सात स्थानीय तह साझा धारणा घोषणा गरेर प्रवद्र्धन तथा विकासमा जुटेको अध्यक्ष बस्नेतको भनाइ छ ।

“गाउँपालिकाले पर्यटन र कृषिलाई यहाँको मुख्य आधार बनाएर काम गरिरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “पर्यटनलाई कलासँग जोडेर प्रचारप्रसार गर्न चित्रकला कार्यशालाको आयोजना गरिएको हो, यसले पदमार्गको प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”

यस वर्ष पनि नेपाल सरकार, गाउँपालिका र स्विस सरकारको लागत साझेदारीमा रु एक करोड ९० लाख लागतमा पदमार्गको संरक्षणसँगै विस्तारको काम भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । कार्याशाला गाउँपालिकाको आयोजना, पर्यटन बोर्डको प्रवद्र्धन तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ