इन्द्र ब बुढाथोकी/भदौ ५, सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन भएका छन् । 

स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इन्द्र ब बुढाथोकी/भदौ ५, सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन भएका छन् । 

स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर "/>

2026-09-08 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान बनगाड कुपिन्डे नगरपालिकाका १२ वटै वडा सचिवविहिन


इन्द्र ब बुढाथोकी/भदौ ५, सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन भएका छन् । 

स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर गएको र  नयाँ सचिव नआउदा नगरपालिकाका १२ वटै वडा सचिव बिहिन भएका हुन् । सचिव नहुँदा सर्वसाधरणहरु कार्यालयबाट रित्तो हात फर्किनु पर्ने बाध्यता रहेको छ । 

निर्वाचन पछि भएका सचिवहरु सबै सरुवा भएर गएको र नयाँ सचिवले आउन नमानेका कारण समस्या भएको बन्गाड कुपिण्डे नगरपालिकाका कार्यकारी अधिकृत हरि बहादुर खत्रीले जानकारी दिनु भयो । 

वडा सचिवहरु नहुँदा जनप्रतिनिधिहरुलाई काम कसरी गर्ने भनेर अन्यौलता बढेको उहाँको भनाई रहेको छ । आवश्यक कर्मचारीको व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले छिटो छरितो र सुलभ ढंगले सेवा पाउन नसकि रहेको अधिृकत खत्रीले बताउनु भयो । 

उहाँले भन्नुभयो- निर्वाचन भएको दुई महिना पुगी सक्यो तर कर्मचारीको व्यवस्थापन हुन सकि रहेको छैन अनि कसरी सिमित कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सक्छ । 

जनताबाट निर्वाचित मेयर तथा उपमेयर समेत एक महिनादेखि कार्यालयमा नआएको सेवाग्राहीको भनाई रहेको छ । नगरसभा पछि मेयर उपमेयर कार्यालयमा जति पटक आउदा पनि भेट्न नपाएको एक स्थानीयले बताए । 

उनले भने नगरपालिकाबाट एउटा सिफारिस लिनु थियो सिफारिसका लागि धेरै पटक कार्यालयमा गए तर कहिलै मेयर र उपमेयरलाई भेटन सकिन। गाउँमै कार्यालय आएपछि कामकाज छिटो होला भनेको त झनै ढिला पो हुने रहेछ । 

एकातिर आवश्यक कर्मचारीको अभाव अर्कोतिर भएका कर्मचारीहरुबाट पनि काम छिटो नगरि दिदा सेवाग्राही बढि प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल