३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

‘कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य’

७ जेष्ठ २०८२, मंगलवार १८:१८

काठमाडौँ | नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको बताउनुभएको छ ।

भोजपुर नगरपालिकासँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जिल्ला सदरमुकाममा आज आयोजना गरेको एक दिवसीय गोष्ठीमा कुलपति हार्तम्छालीले प्रतिष्ठानको स्थापना, उद्देश्य, गर्दै आइरहेका कार्यहरु, समस्या र चुनौतीका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

चित्रकला, परम्परागत, शिल्पकला, लोककला, हस्तकला, वास्तुकला, वैकल्पिक तथा अन्य सृजनात्मक कलाका लागि प्रतिष्ठानमा विभिन्न विभागहरु समेत गठन भएको उहाँले बताउनुभयो । रैथाने कलाको संरक्षण र सम्वर्द्धन जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले ललितकलालाई प्रोत्साहन जरुरी रहेको बताउँदै गुरुयोजना निर्माणमा ध्यान नदिँदा घरेलु उद्योग धराशायी बन्दै गएको बताउनुभयो । संस्थागत रुपमा आफ्ना मागहरु राख्न व्यवसायीलाई आग्रह गर्दै नगर प्रमुख आलेले उत्पादनसँगै बजारीकरणका लागि सरकारले सुनिश्चित गर्नसकेमा हस्तकलाकर्मीहरुलाई प्रोत्साहन हुने धारणा राख्नुभयो ।

प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाले लोप भएका रैथाने कलाको संरक्षण र सम्वर्द्धन जरुरी रहेको बताउँदै पुराना कलाहरुको संरक्षण र सम्वर्द्धनमा सबैको ध्यान केन्द्रित गर्न जरुरी रहेको बताउनुभयो ।

भोजपुरका परम्परागत कला कौशलहरुका विषयबारे तीर्थराज मुकारुङ राई र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले तयार पार्नुभएको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यपत्रमा जिल्लामा चलेका परम्परागत कला कौशलहरु र पछिल्लो समयमा हस्तकलाका सामग्रीको खस्कँदो अवस्थाका बारेमा उल्लेख गरिएको थियो । कार्यपत्रमाथि पेसागत महासङ्घका अध्यक्ष योगराज लुइँटेलले टिप्पणी गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङ्माङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठान पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, विभिन्न घरेलु व्यवसायी, धातु व्यवसायी, कालीगढ, उद्योगी व्यवसायी, महिला, पत्रकारलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली