२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै

१३ जेष्ठ २०८२, सोमबार १४:२७

काठमाडौँ । कोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता हुनुभएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको खबर प्राप्त भएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभयो । पौडी खेल्नेक्रममा सविन सुनकोशी बेपत्ता भएको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी गर्नेक्रम जारी राखे पनि हालसम्म फेला पार्न नसकेको वडाध्यक्ष राईले बताउनुभयो ।

सुनकोशीमा डुबेर सविन बेपत्ता भएको घटनास्थलबाट जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक राज विष्टले जानकारी दिनुभयो । बेपत्ता सविनलाई डिकुवाका वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले सुनकोशी वारिपारी खोजी रहेको छ ।

बेपत्ता सविनको खोजी तथा उद्धारका लागि जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । धामी लिन भनेर ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग सविन डिकुवा गएको आफन्तले बताएका छन् ।

सुनकोशी किनारको बाटोहुँदै गएका दुवैजना तुइम्बुस्थित बाँदरेखोप भन्ने ठाउँमा पौडी खेल्न कोशीमा पसेको जानकारी पाइएको वडाध्यक्ष राईले बताउनुभयो । सुनकोशीमा डुबेर बेपत्ता भएका सविन तीन दिनसम्म पनि फेला नपरेपछि गोताखोर झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।

“धामी लिन भनेर हिँडेका छोरा तीन दिनसम्म पनि फेला घर नफर्कँदा परिवार भावविह्वल भएको छ । उनीहरू आफ्नो छोरा जीवित नफर्किए पनि लाश देख्न चाहन्छन्”, उहाँले भन्नुभयो, “जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले हालसम्म बेपत्ता सविनलाई फेला पार्न सकेको छैन । गोताखोर टोली झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।”

सुनकोशीमा डुबेर तीन दिनदेखि बेपत्ता बनेका सविनको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर बोलाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभयो । “जिल्लाबाट खटिएका नेपाल प्रहरी र सशसत्र प्रहरकिो संयुक्त टोली अहिले पनि घटनास्थमै छन् । अहिलेसम्म केही पत्ता लागेको छैन”, उहाँले भन्नुभयो, “सुनकोशीमा डुबेर तीन दिनदेखि बेपत्ता बनेका सविन राईको खोजीका लागि गोताखोर झिकाउने विषयमा छलफल भइरहेको छ । जिल्लाबाट परिचालन गरिएको टोलीले फेला नपरेको खण्डमा भोलि सुरक्षा समितिको बैठक बसेर गोताखोर झिकाउने तयारीमा छौँ ।”

सुनकोशीमा बेपत्ता सविन च्यास्मिटार माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक तेजकुमार चाम्लिङ राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता