2026-08-06 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कृषकलाई सीपसँगै मौरीघार वितरण

काठमाडौँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाका कृषकलाई सीपसँगै मौरीघार वितरण गरिएको छ । आँबुखैरेनी-६ हिलेखर्कका कृषकलाई मौरीपालनसम्बन्धी तालिमसँगै ७५ प्रतिशत अनुदानमा मौरीघार, मौरी छोप्ने झोला, मौरी घुम्टी वितरण गरिएको हो ।

गाउँपालिकालाई मह पालिकाका नामले परिचित गराउने र मह उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषकलाई व्यावसायिक बनाउन एक सय ९२ थान मौरीघार वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।

हिलेखर्क मौरीपालनका लागि उपयुक्त रहेको भन्दै उहाँले मौरीपालन सजिलो हुनुका साथै आम्दानीको स्रोत सुनिश्चित हुने भएका कृषकलाई यो व्यवसायमा आबद्ध गराउन पहल थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाको चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमबमोजिम कृषकलाई तालिम दिएर मौरीघार वितरण गरेका छौँ । पालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ ।”

मौरीपालन कार्यक्रमले कृषकहरू उत्साहित भएका र यस व्यवसायले कृषकको जीवनशैलीमा परिवर्तन ल्याई आर्थिक समृद्धि प्राप्त गर्न सकिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले आँबुखैरेनी-५ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । केन्द्रले ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाको समन्वयमा अनुदानमा मौरीघार वितरण गरेको हो ।

आँबुखैरेनी-५ माई छिम्केश्वरी कृषक समूहलाई मौरीसहितका घार, महदानी वितरण गरिएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकलाई एक सय थान मौरीघार वितरण गरिएको छ ।

उहाँले भन्नुभयो, “कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सीपसँगै मौरीसहितका घार वितरण गरिएको हो । यसले कृषकलाई आयआर्जनमा जोड्न सहयोग गर्नेछ ।” यस ठाउँमा मौरीपालनको उपयुक्त सम्भावना रहेकाले कृषकलाई मौरीपालन व्यवसायमा आबद्ध गराउन खोजिएको उहाँको भनाइ छ ।

आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले यहाँका अधिकांशको आम्दानीको प्रमुख स्रोत कृषि भएकाले मौरीपालन व्यवसाय उपयुक्त रहेको बताउनुभयो । कृषकलाई स्वरोजगार बनाउँदै महमा आत्मनिर्भर बनाउने उहेश्य रहेको भन्दै आगामी दिनमा कृषिसम्बन्धी अन्य कार्यक्रम पनि गाउँपालिकाको समन्वयमा ल्याइने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री