१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संरक्षणको पर्खाइमा सेल्मे फलाम खानी

१७ जेष्ठ २०८२, शुक्रबार १३:३२

काठमाडौँ । नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् । आफ्नै देशमा रहेका फलाम खानी बन्द हुँदा बाह्य मुलुकबाट फलाम आयात गर्नुपर्ने देशको बाध्यात्मक अवस्था छ । यस्तै चपेटामा परेको छ भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ‘सेल्मे फलाम खानी’ ।

विसं २०१३ सम्म सञ्चालनमा रहेको सेल्मे फलाम खानी अहिले बन्द छ । करिब १५० वर्षको इतिहास बोकेको यो खानी अहिले बन्द अवस्था छ । बन्द भएको लामो समयपछि अहिले यो फलाम खानी सञ्चालनका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीयवासीले माग गरेका छन् । दशकौँ अघिसम्म यहाँका कालिगडले यहीँ उत्पादन भएको फलामबाट सामग्रीहरु बनाउँदै आएका थिए । यहाँको फलाम खानी बन्द भएपछि अन्यत्रबाट ल्याइएको फलाममा निर्भर बन्नुपर्ने अवस्था रहेको स्थानीय कालीगडहरु बताउँछन् । राज्यले आवश्यक सम्भावनाको खोज अनुसन्धान गरेर यहाँको खानी सञ्चालन गरिदिए सहजता हुने उनीहरुको भनाइ छ ।

सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामासमेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारहरु बताउने गर्दछन् ।

सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकोले राज्यले आवश्यक अध्ययन गरेर उत्खनन्का लागि पहल गर्नुपर्ने स्थानीय कालीगड मनकुमार विश्वकर्मा बताउनुहुन्छ । सेल्मेको फलाम उत्कृष्ट मानिने उहाँको भनाइ छ । यहाँको फलाम खानीलाई सञ्चालनमा ल्याउनसके स्थानीयको आर्थिक अवस्थामासमेत सुधार आउने विश्वकर्माको भनाइ छ । “राज्यले सेल्मे फलाम खानीको सञ्चालनका लागि अध्ययन अनुसन्धान गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । यहाँ फलाम उत्खनन गरिएका खाल्डाहरुसँगै फलामका धाउ तथा किट अहिले पनि देख्न सकिन्छ । यहाँको फलामलाई निकै उत्कृष्ट फलामका रुपमा लिइन्छ । यहाँका फलामबाट सयौँ वर्षअघि निर्माण गरिएका सामग्री अहिले पनि गाउँघरमा पाइन्छ ।

अग्रजहरुले यहीँको फलाम प्रयोग गरेर कालीगड पेसा गरिरहेको भए पनि अहिलेको पुस्ताले बाहिरको फलाम खरिद गरेर पेसा धान्नुपर्ने अवस्था रहेको विश्वकर्मा बताउनुहुन्छ । सेल्मे गाउँका धेरैले व्यावसायिक रुपमा कालीगड पेसा गर्दै आएको भए पनि विभिन्न समस्याका कारण पेसा छोड्नेको सङ्ख्या बढ्दै भएको उहाँको भनाइ छ । यो खानी सञ्चालन भए स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने उहाँको भनाइ छ ।

सेल्मेमा उत्खनन गरिएको फलाम निकै उत्कृष्ट रहेकाले अहिले पनि गाउँघरमा यहाँका फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगड हर्कराज विश्वकर्माले बताउनुभयो । आफ्ना पुर्खाले यही नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उहाँको भनाइ छ ।

भोजपुरे खुकुरी भोजपुरको गौरव रहेकाले यहीँको फलामको प्रयोग गरेर उद्योग सञ्चालन गर्न सकिने अर्का कालीगड तीर्थकुमार विश्वकर्माकोे भनाइ छ । यहीँको फलाम प्रयोग गरेर खुकुरी बनाउन सके भोजपुरको पहिचानलाई विश्वसम्म पु¥याउनमा सहयोग पुग्ने उहाँको धारणा छ । “भोजपुर खुकुरीले चिनिएको जिल्ला हो”, उहाँले भन्नुभयो, “यहाँ धेरै प्रकारका भोजपुरे खुकुरी बन्छन् । विडम्बना यहाँको फलाम खानी बन्द हुँदा आयातित फलामबाट बनाउनुपर्ने अवस्था छ । यहिको फलामबाट बनाउने हो भने यसले छुट्टै महत्व झल्काउने थियो ।”

सेल्मे क्षेत्रका करिब नौ परिवारले अहिले पनि व्यावसायिक रुपमा कालीगड पेसा गरिरहेको छन् । “बाजेबराजुले यहिको फलामबाट आरन उद्योग सञ्चालन गर्नु हुन्थ्यो”, उहाँले भन्नुभयो, “हाम्रो पालोमा आउँदा खानी बन्द भएको अवस्था छ ।”

तीन÷चार पुस्ताअघि अर्थात् करिब १५० वर्षअघिदेखि फलाम खानी सञ्चालन भएको र करिब २०१३ सालसम्म सञ्चालनमा रहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । उहाँका अनुसार यहाँको सेल्मे, देवी खोला, छोक्लालगायत स्थानमा फलामको धाउ पाइन्छ । सेल्मे क्षेत्रमा रहेको फलाम खानीलाई पुनःसञ्चालन गर्न सकिएमा हजारौँलाई रोजगारी दिन सकिने सम्भावना रहेको उहाँको भनाइ छ । अहिले पनि यहाँको फलामबाट बनेका खुकुरी, कृषि औजार, कट्टी, खुर्पालगायतका साम्रगी गाउँघरमा भेटिन्छ ।”

देशकै सम्पत्तिका रुपमा रहेको सेल्मे फलाम खानीलाई सञ्चालनका लागि राज्यले ध्यान दिन जरुरी रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । यो फलाम खानी सञ्चालनको लागि प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ । “यो खानी सञ्चालनका लागि वडा तहबाट काम गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “हाम्रो तहबाट राज्यको निकायमा यहाँको सम्भावनाको विषयमा जानकारी गराइरहेका छौँ । यसलाई सञ्चालनमा ल्याउनसके भोजपुरको मात्र नभएर देशको आर्थिक अवस्थामा टेवा पुग्ने देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनचाँदीको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा