११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा करेन्ट लागेर एक महिलाको मृत्यु

१० भाद्र २०७४, शनिबार ०४:२५

भदौ १०, सिन्धुली । करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ । 

आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ । 

आफ्नै घर वरिपरि काम गरी घरमा फर्कने क्रममा कोरईलाई शौचालयमा लगिएको तारबाट करेन्ट लागेको जिप्रका सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । 

शौचालयमा लगिएको तार चुँडिएर भुइँमा लत्रेको अवस्थामा कोरईको दाहिने हातले तारलाई छुँदा करेन्ट लागेकामा अचेतावस्थामा उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो । 

करेन्टलाई सामान्य ठानेर हेलचेक्र्याइँ नगरी आफ्नो घरको विद्युत् प्रवाहलाई व्यवस्थित बनाउन प्रहरीले आग्रह गरेको छ । साना भुइँघर र फुसको छानो लगाइएका अधिकांश घरमा जुनसुकै बेला करेन्ट लाग्ने जोखिम रहेको स्थानीयवासीले बताएका छन् । 

यसैबीच सिन्धुलीमा गए राति ठूलो मेघ गर्जनसहित जिल्लाका केही भूभागमा वर्षा भएको छ । सिन्धुलीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको जिप्रका सिन्धुलीले जनाएको छ । 

सिन्धुली जिल्ला चट्याङका लागि अत्यन्तै जोखिम मानिन्छ । जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा वर्षेनी चट्याङकै कारणले ठूलो धनजनको क्षति हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै